मलेसियामा नेपाली युवाको ज्यान गयो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मलेसिया : शुक्रबार राति मलेसियामा भएको सडक दुर्घटनामा एक नेपालीको ज्यानगएको छ । मलेसियाको सुगाइवुलोस्थित एक कपडा पसलमा कार्यरत रुकुमको साख–६ का देववहादुर थापाको सडक दुर्घटनामा ज्यान गएको हो ।अवौधानिकरुपमा कपडा पसलमा कार्यरत थापाले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको उनका साथी भुपेन्द्र मगरले जानकारी दिए ।
दुई वर्षअघि मलेसियाको जोहर राज्यमा रहेको एक कम्पनीमा काम गर्न आएका थापा कमाइ नराम्रो भएको भन्दै अवौधानिक भएका थिए ।
थापाको शव स्थानीय अस्पतालमा राािखएको छ । अवौधानिक रहेकाले उनको शव नेपाल पठाउन समस्या भएको मगरले बताए ।
मृतकका परिवारको आर्थिक अवस्था निक्कै कमजोर छ । उनको शव नेपाल पठाउनमात्रै ५ हजार रिङ्गेट भन्दाबढी लाग्ने भएकाले सहयोगको जरुरी रहेको मगरले बताए ।

###


0 comments
Write Down Your Responses