यस्ता छन् नेपाली हिमगुफा (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फ्रान्सको राजधानी पेरिसदेखि ६ घन्टाको ड्राइभिङमा पुगिने कार्बोन गाउँनजिक थुप्रै हिमगुफा छन्।
सानैदेखि हिमाल, हिमगुफा र हिमाली जीवनबारे रुचि राख्ने मउरिसलाई पहिलोपटक सन् १९९९ मा नेपाल आउदा यहाँको सौन्दर्यले तानिसकेको थियो।
१६ वर्षदेखि लगातार नेपाल आइरहेका यी फ्रान्सेली पर्यटकले त्यसपछिको आधा समय नेपालमै बिताइरहेका छन्।
स्वयम्भूनजिकै सानो भर्याङबाट भित्र पसेपछि पुगिने रानीवनको फेदमा हालैको एक मध्याह्न भेटिएका मउरिस बारम्बार आफूलाई नेपाली भनिदिन आग्रह गरिरहेका थिए।
संखुवासभाका ङावा शेर्पाको अनुवादमा फ्रेन्च भाषामा गफिन थालेका मउरिसले नेपाली प्रकृति र सौन्दर्यका बारेमा कयौं नयाँ तथ्य उजागर गरिदिए। उनले बरफ (आइस)बाट बनेका नेपाली गुफाका बारेमा नौला तथ्यहरू संकलन गरेका छन्।
००००००
सन् १९९९ मा पहिलोपटक नेपाल आउँदा उनी सीधै अन्नपूर्ण आधार शिविरतिर हानिए। सहयोगी शेर्पा लिएर काठमाडौंबाट निस्किएका उनले त्यसपछिका १६ वर्षमा नब्बेभन्दा बढीपटक ट्रेकिङ रुट पछ्याइसकेका छन्।
सुदरपूर्वको कञ्चनजंघादेखि सगरमाथा, अन्नपूर्ण हुँदै खप्तड क्षेत्रसमेत भ्याइसकेका छन्।
फ्रेन्च प्रहरीमा लामो समय सेवा गरेर निवृत्त हुँदा उनी परिवारमा पनि एक्लो भइसकेका थिए। श्रीमतीसँगको सम्बन्धविच्छेदपछि उनले मन भुलाउन नेपाल आउने क्रम बढाएको बताए।
'पहिलोपटक एकपटकका लागि घुम्न आएको थिएँ, त्यसपछिका समय मलाई नेपाल आउँदा सबै संसार बिर्सन्छु', मउरिसको अनुभूतिसँगै भएका ङावा नेपालीमा उल्था गरिदिए।
सुरुमा रहरले नेपाल आएका मउरिसलाई अहिले नेपाल नशा भइसकेको छ। हरेक वर्ष औषत ६ महिना नेपाल बस्ने उनी यसबीचका दुई महिना पदयात्रामा निस्कन्छन्।
'म नेपाली हुँ भन्दा गर्भ लाग्छ, मैले नेपालका हरेक कुना टेकेको छु', उनले भने।
पदयात्रा उनको पेसा होइन। साहसिक पर्यटनमा रमाउने उनी घुम्दाघुम्दै देशले नदेखेका गुफाहरूमा पुगे। उनी अहिले हरेक यात्रामा गुफाको खोजी गर्छन्।
बरफले बनेका ठूला गुफा पत्ता लगाउने र फोटो खिच्ने उनको सोख हो। हिमाली क्षेत्रलाई संसारभरि चिनाउन उनले हालसालै संस्था खोलेर प्रचारप्रसारसमेत थालेका छन्।
'मलाई पैसा चाहिँदैन नेपाललाई संसारले सुन्दर छ भनेर चिनिदिए पुग्छ', उनले भने।
हरेक वर्ष फ्रान्स गएर साथीभाइ र आफन्तसहित उनी नेपाल घुम्न आउँछन्। अघिल्लो वर्ष १४ जनासाथी लिएर पदयात्रामा निस्किएका मउरिस यो वर्ष पनि १० जना साथी ल्याउने सुरसारमा छन्।
हरेक वर्ष पदयात्रामा निस्कँदा कुनै न कुनै नयाँ गुफा पत्ता लगाएर मात्रै फर्कन्छन्। बरफबाट बनेका ठूला पुराना गुफाको पछिल्लो अवस्था अध्ययन गर्छन् र फर्किन्छन्।
उनले बितेको १६ वर्षमा चालीसदेखि पचास नयाँ हिम गुफा पत्ता लगाएका छन्। जमेको बरफलाई पानीले खोलेपछि बन्ने गुफाको सौन्दर्य अलौकिक हुने उनको अनुभव छ।
उनले खिचेका गुफाको फोटो रानीवनमा उनी बस्ने भुइँतलाको भित्तामा झुन्ड्याएका छन्। हरेक गुफाको परिचय र लोकेसन उल्लेख गरिएका हिमगुफा देख्दै लोभलाग्दा छन्।
उनले ९५ मिटर गहिरोदेखि दुई सय मिटर लामोसम्मका हिमगुफा भेटेका छन्। बढीमा तीनदेखि चार वर्षमात्रै हिमगुफा एउटै आकारमा रहन सक्ने उनको अनुभव छ।
'अघिल्लोपटक देखेको गुफा दुई वर्षछि जाँदा भत्किसकेको हुन्छ वा त्यसको आकार बदलिइसकेको हुन्छ', उनले हिम गुफाको बेलिविस्तार लगाए, 'धेरै त भत्किसकेका हुन्छन्, सँगसँगै नयाँ ठाउँमा नयाँ गुफा देखा परेका हुन्छन्।'
उनले देखेका भेटेका गुफा अध्ययनका विषय हुन्। जलवायु परिवर्तनका कारण ती गुफाको आकार बदलिएको उनको अनुमान छ।
वैज्ञानिक अनुसन्धान नभए पनि तापक्रम वृद्धिकै कारण बरफ पग्लिने र नयाँ गुफा बन्ने क्रम जारी रहने उनको निष्कर्ष छ। मउरिसको तर्कसँग हिमताल विज्ञहरूसमेत सहमत छन्।
नेपाल यात्राको १४ वर्षपछि मउरिसले जीवनमा कल्पनै नगरेको घटनाको साक्षी बन्नुपर्यो।
सन् २०१३ को सेप्टेम्बर २२ मा अन्नपूर्ण पदयात्राका लागि आधार शिविरबाट उकालो लागेका चारजनाको समूहले अचानक आएको डरलाग्दो हिमपहिरोको सामना गर्नुपर्यो।
बेस क्याम्पमा बास बसेर बरफले बनेका गुफा हेर्न एक दिन माथि क्याम्प खडा गरेर एकरात बास बसेका थिए। अर्को दिन बिहानै खाजा खाएर गुफा हेर्न गइरहेको मउरिसको समूहका दुई सदस्य अघिअघि थिए।
सहयोगी ङावा र उनी फोटो खिच्दैखिच्दै उकालो चढ्दै थिए। हिँड्दाहिँड्दै पेट दुखेपछि मउरिस दिसा गर्न ढुंगाको कापमा बसे, ङावा अलि माथि पुगिसकेका थिए।
उनले दिसा गरिनसक्दै उर्लिएर जमिन नै थर्काउने गरी हिमपहिरो आउन थाल्यो। होशहवास उडे पनि उनले हातमा भएको क्यामेरा पहिरोतिर फर्काए। 'करिब पाँच सय मिटरमात्रै नजिक केही अग्लो ठाउँमा थिएँ, हिमपहिरो गहिरो खोल्सी परेको भागबाट ओरालो झर्यो।'
मउरिस घटना विवरण सुनाँदा उत्तेजित भइरहेका थिए। पहिरोमा आएका ठूला ढुंगा, पानी र आइसको छिटा उनी भएसम्म उफ्रिँदै थियो।
उनीसँग त्यो बेला त्यहीँ उभिनुको विकल्प थिएन। ढुंगामाथि ठिंग उभिए र आफूसँग भएको सामान्य क्यामेराले हिमपहिरो खिचिरहे।
करिब बीस मिनेट त्यो दुर्लभ दृश्य खिचेपछि उनी थचक्क भुइँमा बसे। 'त्यति बेलाचाहिँ लाग्यो, कसरी बाँचिएछ। आज पुनर्जन्म पाएँ भन्नेमात्रै लागिरह्यो', मउरिस मलीन भए।
पदयात्रामा मउरिसको पेसा होइन।साहसिक पर्यटनमा रमाउने उनी घुम्दाघुम्दै देशले नदेखेका गुफाहरुमा पुगे। उनी अहिले हरेक यात्रामा गुफाको खोजी गर्छन्।
उनले खिचेको त्यो भिडियो हेर्दै आङ सिरिंग हुन्छ (हेर्नुस् भिडियो)। चार हजार दुई सय मिटर उचाइमा खिचिएको पहिरो हिमताल फुटेर आएको पहिरो थियो।
पाँच हजार पाँच सय मिटरमाथि जम्मा भएको हिमताल विस्फोट हुँदा ठूलो पहिरो आएको थियो। ढुंगा र हिउँको पहिरो सकिएपछि पानी झन् ठूलो मात्रामा बगेको थियो।
उच्च हिमाली भेगबाट हिमपहिरो आउने घटना पछिल्लो समयमा बढेका छन्। जलवायु परिवतर्नकै कारण यस्ता घटना बढ्ने चेतावनी विज्ञहरूले दिइरहेका छन्।
उनका अनुसार अन्नपूर्णको पूर्वी भागबाट आएको पहिरोको लम्बाइ एक किलोमिटर लामो र चौडाइ पाँच सय मिटर थियो। पहिरोमा चालीस मिलियिन क्युविक मिटर पानी बगेको अनुमान छ। उनको अनुमानमा वैज्ञानिकहरूले समेत सहमति जनाएका छन्।
इसिमोडका हिमालविज्ञ डा. अरुणभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण यस्ता घटना बढिरहेको बताउँदै स्थानीय समुदाय सक्रिय भएमात्रै सबै घटना बाहिर आउने बताए।
'यस्ता पहिरो धेरै स्थानमा आएका छन् तर हाम्रो जानकारीमा आउँदैनन्', श्रेष्ठले भने। मउरिसको यो भिडियो इसिमोडले हालै छलफलका लागि प्रदर्शन गरेको थियो।

###
0 comments
Write Down Your Responses