नारायणघाट-ढल्केबर सडक चार लेनको बनाइने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
'फास्ट-ट्रयाक ५ वर्षमा'
लागिएको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिए ।
पूर्व-पश्चिम लोकमार्गलाई नै चार लेनको बनाउने तयारीअन्तर्गत पहिलो चरणमा यो खण्डलाई चार लेनको बनाउन लागिएको हो । 'हाम्रो पहिलो प्राथमिकता सबभन्दा बढी व्यस्त हुने सडकलाई चार लेनको बनाउने हो,' सिटौलाले भने,'त्यसपछि दोस्रो चरणमा बुटबलसम्मको सडक खण्डलाई ४ लेन बनाउने योजना छ ।'
सचिव सिटौलाले आगामी आर्थिक वर्षमा कति सडक बनिसक्ने र त्यसका लागि कति खर्च लाग्ने भन्नेबारेमा भने यकिन हुन बाँकी रहेको बताए । 'हामीले यस बारेमा विश्व बैंक र एसियाली विकास बैंकसँग कुरा गरिरहेका छौं । उनीहरूले दिने सहयोगले कहाँ र कति सडक बन्ने भन्ने निर्धारण पनि हुनेछ ।'
उनका अनुसार नारायणघाट-ढल्केबर सडक खण्डमा पर्ने निजगढ-पथलैया खण्डको १८ किलोमिटर भने काठमाडौं-तराई फास्टट्रयाकमा पर्ने बताए । 'त्यसलाई छाडेर अरू बाँकी सडक खण्डलाई आगामी वर्ष चार लेनको बनाउने लक्ष्य हो,' सिटौलाले भने ।
'फास्ट-ट्रयाक ५ वर्षमा'
राजधानीबाट तराई जोड्ने द्रुत मार्ग (फास्ट-ट्रयाक) को काम छिटै अघि बढ्ने सचिव सिटौलाले बताए । उनले सरकारले ५ वर्षभित्र यसलाई सम्पन्न गर्ने योजना बनाएको उल्लेख गर्दै भने, 'तोकिएको समयमा पूरा गर्न काम अघि बढाईहाल्नु पर्छ ।' फास्टट्रयाकको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) आइसकेको र त्यसबारे छलफल भइरहेको सिटौलाले बताए । भारतले फास्टट्रयाक बनाउन इच्छा देखाएको बारे जिज्ञासा राख्दा सचिव सिटौलाले भारतीय प्रस्ताव विस्तृत अध्ययनपछि मात्र निर्णय हुने बताए । उनले मध्यपहाडी लोकमार्गको काम पनि दु्रतगतिमा अघि बढाइने बताए । उनले पहिलो चरणमा सडक विस्तार गरिने र दोस्रो चरणमा मात्र टनेलको काम अघि बढाइने जानकारी दिए ।

###
0 comments
Write Down Your Responses