हिन्दूराष्ट्र माग्ने मोर्चा र प्रहरीबीच झडप, खुमबहादुरले दिए चेतावनी (भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, आषाढ २१ । नेपाललाई हिन्दूराष्ट्र कायम गर्न माग गर्दै संयुक्त सनातन मोर्चाले सोमबार काठमाडौंमा निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।


मोर्चाले काठमाडौंको माइतीघर मन्डलाबाट निकालेको र्‍याली नयाँ बानेश्वरस्थित संविधानसभा भवन नजिक पुगेर निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । त्यसक्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो ।

र्‍यालीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले नेपाललाई सनातन हिन्दूराष्ट्र कायम नगरी संविधान जारी गरिए मान्य नहुने चेतावनी दिए ।

मोर्चाले निकालेको र्‍यालीमा पानीमा भिजेरै भए पनि सर्वसाधारण सहभागी भएका थिए । प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएपछि नयाँबानेश्वर क्षेत्रको सडक केही समय अवरुद्ध भएको थियो ।

मोर्चाले सोमबारै नयाँ संविधानमा हिन्दूराष्ट्र हुनुपर्ने माग गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र पनि बुझाएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z