वैदेशिक रोजगार व्यवसायी आन्दोलित, सबै म्यानपावर कार्यालय बन्द
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, आषाढ २३ । सरकारले विभिन्न सात मुलुकमा वैदेशिक रोजगारीका लागि जाने नेपालीलाई ‘फ्रि टिकट र फ्रि भिसा’ लागू गरेको विरोधमा वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएका छन् । आन्दोलित व्यवसायीहरुले आजदेखि मुलुकभरका म्यानपावर कार्यालय अनिश्चितकालका लागि बन्द गरेका छन् ।
सरकारको निर्णय असफल तुल्याउनका लागि वैदेशिक रोजगार व्यवसायीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष विमाल ढकालको संयोजकत्वमा गठित संघर्ष समितिले बुधबार श्रम कार्यालय घेराउ लगायतका विरोध कार्यक्रम आयोजना गर्दैछ ।
अध्यक्ष ढकालले ईमेजखबर डटकमसँग कुरा गर्दै आफूहरु ‘फ्रि भिसा र फ्रि टिकट’ व्यवस्थाको विरोधी नभएको दाबी गरे । श्रम मन्त्री टेकबहादुर गुरुङले मनोमानी निर्णय गरेको भन्दै उनले वैदेशिक रोजगार व्यवसायीहरुको सहमतिमा निर्णय गरिनुपर्ने बताए । ‘व्यवसायीसँग बसेर छलफल गरेरमात्र सरकारले निर्णय गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रीको एकल निर्णयले गर्दा नेपालीका लागि वैदेशिक रोजगार गुम्दैछ ।’
सरकारले भने विभिन्न सात खाडी मुलुकका लागि ‘फ्रि टिकट र फ्रि भिसा’ लागू नगर्ने म्यानपावर कार्यालयको अनुमतिपत्र खारेज गर्नेसम्मको कारवाही हुने चेतावनी दिएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z