सिरोट्राटस बादलले गर्दा सूर्यको वरिपरि ‘इन्द्रेणी'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बुधबार अपरान्ह काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश भागमा सूर्यको वरिपरि इन्द्रेणीजस्तो घेरा देखिएको छ। सो घेरा के हो भन्ने धेरैलाई चासो लागेको छ।
 
जल तथा मौसम विज्ञान विभागले सिरो स्टाटस नामक बादलका कारण सूर्य वरिपरि त्यस्तो घेरा बनेको बताएको छ। विभागमा मौसमविद् बरुण पौडेलका अनुसार यसलाई हेलो फेनोमेना भनिन्छ। दश किसिमका बादलमध्ये सिरोट्राटस नामको बादलमा धेरै पानीको मात्रा हुने भएकाले सूर्यका किरणले सो बादल पार गर्दा यस्तो घेरा बन्छ।
 
‘यस्तो कहिलेकाहीँ देखिन्छ, विस्तारै आफैं हटेर जान्छ‘ उनले सेतोपाटीसँग भने ‘यो कहिलेकाँही हुने सामान्य कुरा हो, यसको कुनै असर पर्दैन।‘
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z