कोरियामा चार नेपालीको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दक्षिण कोरिया : गएको १० दिनमा  कोरियामा चार  नेपाली कामदारको मृत्यु भएको छ । औधोगिक र सवारी  दुर्घटनामा ३ र हृदयघातबाट १ जनाको ज्यान गएको हो ।

सोमबार  मोरङ हत्तिमुढा ८ का गान्धीराज खतिवडाको  कम्पनीमा काम गरिरहेका बेला दुर्घटनामा परेर मृत्यु भएको हो ।

ख्यंगीदो ह्वासङसीमा स्थित  ईलुसीएनपी  फलाम कम्पनीमा कार्यरत खतिवडा  दुर्घटनामा परेका थिए । फलामबाट निर्मित डाईले च्यापेर उनको घटनास्थलमै मृत्यु भएको थियो । आउदो फागुनमा खतिवडा कार्य अवधी सकिन लागेको थियो ।


त्यस्तै कास्की लेखनाथ १२ का भूमेश्वर गुरुङको गत आइतबार बिहान ५ बजे मृत्यु भएको छ  । हृदयघातको उपचारको क्रममा उनको मृत्यु भएको हो ।

आन्सान स्थित  छजाङछङइल कम्पनिमा कार्यरत गुरुङको  शनिबार  राती श्वासप्रश्वासमा समस्या देखिएपछि सहकर्मी  साथीहरुले अस्पताल पुर्‍याकएका थिए । अस्पताल पुर्‍याइएको आधा घण्टामा  चिकित्सकले गुरुङलाई मृत घोषणा गरेको थिए ।

असार २० गते मोटरसाइकल दुर्घटनामा दुई नेपाली कामदारले  ज्यान गुमाएका छन् ।  ग्यङसाङको  होवाङसानमा  भएको मोटरसाइकल दुर्घटनामा परेर स्याङ्जा बिरुवा अर्चले वार्ड नम्बर ६ का  भिमसेन केसी र नवलपरासी जिल्लाका सुनवल हर्दियाका रामबहादुर सिंजाली मगरको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु भएका गुरुङ र सिंजाली अवैधानिक कामदारका रुपमा रहेका थिए भने  रोजगार अनुमति प्रणाली (ईपीएस) बाट आएर एक कार्यकाल पूरा गरेका केसी शरणार्थी भिसामा बसिरहेका थिए  ।

अवैधानिक कामदारको मृत्यु भएमा शव नेपाल पठाउन नेपाल सरकारले खर्च नबेहोर्ने हुनाले  नेपालीहरुले आर्थिक संकलन गरि शब पठाउने गरिएको छ ।

केसी र सिंजालीको शव सोमबार नेपाल पुगेको छ भने गुरुङको परिवारबाट निबेदन प्राप्त भएपछि पठाइने दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले जानकारी दिए ।

भूमेश्वर गुरुङको शवको  लागि नेपालीहरु मार्फत आर्थिक जुटिरहेको छ ।  गान्धीराज खतिवडाको परिवारलाई दुतावास मार्फत जानकारी दिईएको बर्तौलाले बताए । 
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z