ट्राफिक जाम बढेपछि कार छाडेर घोडामा कार्यालय
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बेइजिङ: चीनको बुहान शहरमा पछिल्लो समय ट्राफिक जामको समस्या बढेको छ । बढ्दो ट्राफिक जामबाट छुटकारा पाउन र समयमै कार्यालय पुग्न एक युवकले भने घोडाको यात्रा सुरु गरेका छन् ।
कारलाई पार्किङमै छाडेर उनि हिजोआज घोडा चढेर कार्यालय निस्किन्छन् । घोडा चढ्न थालेपछि उनलाई ट्राफिकको सिग्नलमा पनि रोकिन पर्दैन ।
ती युवकले भनेका छन् 'दैनिक ट्राफिक जामले समयमै कार्यालय पुग्न गाह्रो हुन्थ्यो, घर फर्किदा त निकै थकित भइन्थ्यो । कारपछि बाइक पनि चलाउन थाले तर त्यसबाट पनि जामको समस्या समाधान भएन र अन्तिम बिकल्प नै घोडाको यात्रा देखे ।'
उनले भनेका छन् 'घोडा चढ्न थालेपछि थकाई पनि लाग्न छाडेको छ ।' तर उनि घोडा चढेको देखेर मानिसहरु छक्क पर्ने गरेका छन् । सडकमा अघिपछि फोटो खिच्नेहरुको लर्को नै हुने गरेको समाचारमा बताइएको छ । चिनियाँ समाजिक सञ्जालमा त उनले घोडा चढेको फोटो भाइरल नै भएको छ ।

###
0 comments
Write Down Your Responses