किसानलाई पेन्सन दिने भयो सरकारले
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
६० वर्ष उमेर पुगेका किसानहरुलाई सरकारले पेन्सन दिने भएको छ ।व्यवसायिक कृषिका माध्यमबाट मुलुकलाई आत्मनिर्भरको बाटोमा डोहोर्याई उत्पदान वृद्धि गर्न कृषि विकास मन्त्रालयले यस्तो व्यवस्था गर्ने भएको हो ।

यसअघि सरकारले सुविधा उपलब्ध गराउन किसानलाई चार भागमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण थालिसकेको छ । यही परिचयपत्रमार्फत किसानलाई पेन्सन दिने मन्त्रालयको योजना छ ।

 अहिलेको कृषि क्षेत्रले खेती गर्ने दक्ष जनशक्तिको अभाव खेपिरहेको छ । पेन्सन व्यवस्था गरी नागरिकलाई खेतीमा लगाउन सके उत्पादन वृद्धि गरी कृषि उब्जनीमा आत्मनिर्भरता दिलाउन सकिने मन्त्रालयको अपेक्षा छ ।

 यसका लागि ६० वर्ष उमेर पुगेका किसानलाई पेन्सन वा जीवन बिमा उपलब्ध गराउन मन्त्रालयले योजना अघि सारेको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z