ट्यांकर आउँदैन दुईपाङ्ग्रेबाट प्रशस्तै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मंसिर १३, २०७२- औपचारिक रूपमा तेल ल्याउन नदिएको भारतले तस्करीमा भने भारतीय नागरिकलाई कुनै रोकटोक लगाएको छैन । मुलुकको पूर्वी नाकामा सयौं भारतीयको सानो तिनो ‘जुलुस’ नै देख्न सकिन्छ । भारतको पानीट्यांकीदेखिको तेल तस्करको भीड पूर्वी प्रवेशद्वारसम्मै ठोकिन्छ । झिसमिसेदेखि सुरु दिनचर्या रातिसम्म चल्छ ।
मेचीपारि पानीट्यांकीमा बस्ने बंगलादेशी शरणार्थी र रैथाने बंगाली समुदायका बालकदेखि वृद्धासम्मको काम अहिले तेल बोक्ने छ । उज्यालो हुन नपाउँदै तेल बोकेर उनीहरू नेपाल छिर्ने गरेका छन् । मोटरसाइकलको ट्यांकी ‘फुल’ पारेर भित्रिनेको संख्या पनि कम छैन । मोटरसाइकल र साइकल नहुनेहरू शरीरले थेग्न सक्ने जति तेल बोकेर छिर्छन् ।
सुरक्षा स्रोतका अनुसार अहिले तेल तस्करीमा ५ हजारभन्दा बढी भारतीय प्रत्यक्ष संलग्न छन् । ‘दिनहुँ ३ देखि ५ हजार भारतीयले तेल तस्करी गरिरहेका छन्,’ प्रहरी स्रोतको भनाइ छ । भारतीयले बोकेर ल्याएको एक दिनभरको तेल संकलन गरेर नाप जाँच गर्ने हो भने करिबव ३ देखि ४ ट्यांकरसम्म हुन आउने प्रहरीको अनुमान छ । एकजनाले एकपटकमा २ सयदेखि ३ सय लिटर तेल बोक्छन् । यसैलाई आधार मान्ने हो भने दैनिक १ देखि डेढ लाख लिटर तस्करीको बाटोबाट भित्रिरहेको छ ।
काँकडभिट्टाबाट छुट्ने लामो तथा छोटो दूरीका अधिकांश सवारी भारतीय तस्करीको तेलले चलेका छन् । यही तस्करीको तेल काठमाडौं, पोखरा, नारायणगढलगायतका ठूला
सहरसम्म पुर्याइन्छ । कारोबारीले तेलको ‘होम डेलिभरी’ समेत गर्ने गर्छन् । भारतीय मोटरसाइकलहरू घरघरै पुगेर तेल बेच्छन् ।
खासमा इन्धनलगायतका अत्यावश्यक वस्तु आयातका लागि सरकारले नेपाल आयल निगमलाई इजाजत दिएको छ । इजाजत लिएका कम्पनीबाहेकले इन्धन आयात गर्नै मिल्दैन । तर, रोचक के छ भने आयात इजाजत पाएको निकाय निगमले भन्दा बढी तेलचाहिँ तस्करीको बाटो भएरै भित्रिरहेको छ । नेपाल आयल निगम चारआली डिपोका प्रमुख वासुदेव भण्डारीले तस्करी भएर आएको इन्धन नियन्त्रण गर्ने जिम्मा प्रहरी प्रशासनको भएको बताए । ‘खुलेआम इन्धन तस्करी भइरहँदा प्रहरी प्रशासन मूकदर्शक बन्नचाहिँ मिल्दैन’, भण्डारीले भने, ‘कालोबजारी रोक्ने काम निगमको होइन ।’
झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले तस्करी र कालोबजारी रोक्ने जिम्मा प्रशासनकै भए पनि इन्धनको चरम अभावका कारण तत्काल नियन्त्रण गर्न गाह्रो भएको भन्दै निरीहता व्यक्त गरे । वैध बाटोबाट आयातित इन्धनले नपुग्दा तस्करीकै तेलले काठमाडौं पोखरालगायत क्षेत्रका सर्वसाधारणले राहत पाइरहेका पौडेलले बताएका छन् । ‘इन्धन तस्करी रोक्न हामीलाई बाध्यताले रोक्यो,’ पौडेलले सुनाए, ‘तर, जुन ढंगबाट विकृतिको रूपमा तस्करी मौलाएको छ योचाहिँ ठीक होइन ।’
इन्धन तस्करीमा ५ हजार संलग्न भएको प्रहरीको अनुमान
काठमाडौं, पोखरा र नारायणगढजस्ता सहरसम्म पुग्छ

###
0 comments
Write Down Your Responses