सीमा क्षेत्रमा तेल रोक्न बुर्का लगाएका एसएबी परिचालित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बर्दिया-भारतबाट लुकिछिपी भित्र्याउने गरेको पेट्रोलियम पदार्थ र ग्यास रोक्न सीमा क्षेत्रको मुर्तीहा र कतरनीया आरक्षका बीचबीचमा भारतीय पक्षले भेष बदलेर एसएसबी परिचालन गरेको छ।अधिकांश चोरीहुने नाकाबाट नेपाल भित्र्याउन लागेको पेट्रोलियम र ग्यास जफत गरेर एसएसबीले नियन्त्रणमा लिने गरेको छ।


स्रोतका अनुसार बिभिन्न नाकाबाट आईतबार मात्र चोरीछिपी नेपाल भित्र्याइएको एक हजार लिटर ईन्धन र ५० थान ग्यास सिलिन्डर एसएसबीले नियन्त्रणमा लिएको छ।

नेपालबाट लगेका सिलिन्डर १ सय रुपैया प्रतिकिलो दरले भरेर चोरीछिपी जंगलको बाटो ल्याउने गरिएको थियो। सामान्य सोधपुछ पछि नेपाल ल्याउन दिईरहेका एसएसबीले सीमामा अन्य दिन भन्दा बढी कडाई गरेको हो। स्थानीयका अनुसार मुर्तिहा नाकादेखि जमुनि नाकासम्म भेष बदलेका एसएसबीका सिपाही खटिएका सीमावर्ती गाउँ थारु परिसियाका बिरेन्द्र थारुले बताए।

'चितलहवा नाकाको पश्चिम पट्टीबाट ल्याईरहेको तेलका ग्यालिन र तीनवटा गाडी एसएसबीले नियन्त्रणमा लियो' उनले नागरिकन्युजसँग भने, 'मुस्लिम महिलाले लगाउँने बुर्का लगाएर झाडीको बीचबीचमा बसेका एसएसबिले रोकर नियन्त्रणमा लिएका थिए।’ आइतबार बिहानदेखि भेष बदलेका एसएसबीको सीमा क्षेत्रमा बाक्लो उपस्थिति छ।

८० किलोमिटर सीमामा ५ किलोमिटर अन्तररालमा एसएसबीको सुरक्षा बेश क्याम्प छ। तर एसएसबीले भेष बदलेर सीमामा बसेको बारेमा कुनै सूचना नआएको प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुवरले बताए।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z