बालुवाटार बैठकः मधेस आन्दोलन र भारतविरुद्ध नझुक्ने प्रधानमन्त्रीको कडा जवाफ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राप्रपा अध्यक्ष राणाले भने- प्रधानमन्त्री ओलीलाई कट्टर पाए
बालुवाटारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपा अध्यक्ष राणा
– विमल योगी
काठमाडौं, ६ मंसिर । वर्तमान संकटको अवस्थामा मुलुकलाई निकास दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
बैठकबाट बाहिरिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति राणाले प्रधानमन्त्री कडा रुपमा प्रस्तुत भएको जानकारी दिनुभयो । उहाँले सञ्चारकर्मीसँग भन्नुभयो- बैठकमा प्रधानमन्त्री ओलीले आफ्ना कुरा राख्नुभयो । उहाँ आफ्नो एजेण्डामा कट्टर भएको मैले पाए । उहाँ पुरानै अडानमा केन्द्रीत हुनुहुन्छ ।’
राणाले भनेजस्तै बैठकमा प्रधानमन्त्री ओली मधेस आन्दोलन र भारतीय नाकाबन्दीसँग नझुक्ने प्रण गर्दै कडा रुपमा प्रस्तुत हुनुभएको हो । यसअघि पनि राष्ट्रघात हुनेगरी मधेस आन्दोलनका माग सम्बोधन नगरिने अडान प्रधानमन्त्री ओलीले राख्दै आउनुभएको थियो ।
बैठकमा ओलीले मधेस आन्दोलन र भारतप्रति कडा रोष प्रकट गर्नुभएको बताइएको छ । साथै उहाँले सरकारलाई यो अभियानलाई सफल पार्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई मनाउन अहिले बैठक जारी छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीका, कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालदेखि विज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवानसम्मका नेताहरूको सहभागिता छ ।

###
0 comments
Write Down Your Responses