डलर ह्वात्तै बढ्यो, सुन स्वात्तै घट्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१२ मंसिर- अमेरिकी डलरको मूल्य बढेर उच्च विन्दुमा पुग्न थालेपछि पछिल्ला केही महिनायता सुनको भाउ स्वात्तै घटेको छ । हिजो शुक्रबार सुनको मूल्य ओरालो लाग्दै ४८ हजार ४ सय रुपैयाँमा कारोबार भयो भने आज डलरको मूल्य बढेर १ सय ७ रुपैयाँ ०४ पैसा पुगेको छ । हिजोको तुलनामा आज अमेरिकी डलर २४ पैसा महँगो भएको हो । यूरोजोन र अमेरिकामा रोजगारसँगै अर्थतन्त्र मजबुत बन्दा डलरको भाउ बढेको हो भने अमेरिकी डलर मजबुत रहिरहनु र अन्तर्राष्ट्रिय शेयर बजार उकालो लागिरहेका कारण सुनको मूल्य घटेको हो । सुनको मूल्य अझै केही समय लगातार घट्नसक्ने अनुमान गरिएको छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z