काठमाडौंमा नेपाल-युरोपेली संयुक्त बैठक बस्दै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं: नेपाल र युरोपेली युनियन (ईयू) बीचको संयुक्त आयोगको नवौं बैठक यही सोमबार र मंगलबार काठमाडौंमा बस्ने भएको छ।
बैठकमा युरोपेली युनियनको नेपालमा जारी विकास सहयोग तथा पुनर्निर्माणमा युरोपेली युनियनको सहायतालगायत विषयमा छलफल हुने जानकारी अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनीले दिए।बैठक दुई वर्षमा हुन्छ।
एक वर्षअघि ईयू र अर्थ मन्त्रालयबीच सन् २०२० सम्मका लागि तीन सय ६० मिलियन युरो विकास सहायता नेपाललाई उपलब्ध गराउने सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। गत असारमा आयोजित भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सम्मेलनमा ईयूले नेपाललाई एक सय १२ मिलियन युरो सहायता दिने घोषणा गरेको थियो।
अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा सोमबार र मंगलबार हुने बैठकमा ईयूको सहयोग कार्यान्वयन र प्रगतिबारे समीक्षा हुने भएको छ।भारतले जारी राखेको नाकाबन्दीबाट उत्पन्न मानवीय संकटबारे समेत नेपालले ईयूको ध्यानाकर्षण गराउने भएको छ।
युरोपेली संसद्मा एसियाली मामिला प्रमुख जँ लाम्बार्टले दसैंअघि वक्तव्य जारी गरी सीमा अवरोध हटाउन भारतलाई आह्वान गरेकी थिइन्।बैठकमा नेपालका तर्फबाट परराष्ट्र, अर्थ, स्थानीय विकास र राष्ट्रिय योजना आयोगका अधिकारी सहभागी हुनेछन् भने ईयूका अन्तर्राष्ट्रिय विकास सहायता हेर्ने अधिकारी रहनेछन्। ईयू प्रतिनिधिमण्डल शनिबार काठमाडौं आउनेछ।
बैठकमा भूकम्पपछिको पुनर्निर्माणका लागि उपलब्ध गराइएको सहयोग कार्यान्वयनका लागि नेपालले कस्तो संयन्त्र खडा गर्नेछ भन्नेबारे ईयूले जानकारी माग्ने ईयूका एक अधिकारीले बताए।भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सञ्चालनमा आउन नसकेकोबारे समेत ईयूले नेपाली अधिकारीसँग जानकारी माग्ने भएको छ।
ईयूले पुनर्निर्माण प्राधिकरण सञ्चालनमा आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै आएको छ। प्रधानमन्त्री केपी ओलीसँग केही समयअघि भएको भेटमा नेपालस्थित ईयूकी राजदूत रेन्स्जे तिरिन्कले प्राधिकरणबारे चासो देखाएकी थिइन्।

###
0 comments
Write Down Your Responses