कोदालोले हानेर आमा र बहिनीको हत्या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
गौर : रौतहटमा एक युवकले आइतबार दिउँसो  आमा र बहिनीको हत्या गरेर फरार भएका छन ।

जिल्लाको धरमपुर–९ धनहारी टोलका २५ वर्षीय नन्द किशोर यादवले ४५ वर्षीया आमा रामकली देवी र १२ वर्षीया बहिनी अनिता देवी यादवलाई कोदालोले काटेर हत्या गरेको प्रहरीले जनाकारी दिएको छ ।

बिहान खाना खाएर गाउँनजिकैको बागमती किनारस्थित खेतमा बदाम खन्न जाने क्रममा टायरगाढा चढेर सँगै गएका आमा र बहिनीको मध्यान्न करीव १२ बजे हत्या गरी उनी फरार भएका जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए ।

मानसिक सन्तुलन ठिक नभएका कारण उनले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुशन्धानबाट खुलेको छ । फरार युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z