साउदी अरबमा पहिलो पटक महिला निर्वाचित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
साउदी, मंसिर २७ । साउदी अरबमा पहिलो पटक नगर परिषदको निर्वाचनमा महिला विजयी भएकी छिन् । इतिहासमै पहिलो पटक मताधिकार र निर्वाचनमा भाग लिन पाएका साउदी महिलाका लागि परिवर्तनको निकै ठूलो मोडका रुपमा यो नजिता आएको हो ।
शनिबार सम्पन्न नगर परिषद निर्वाचनअन्तर्गत मक्काको नगर परिषदमा महिला उम्मेदवार सलाम बिन हिजाब अल ओतिबी विजयी भएकी हुन् । मुस्लिम समुदायका नागरिकका लागि सुप्रसिद्ध धाम मानिने मक्का मदिनास्थित मद्रकाह नगर परिषदमा उनी विजयी भएकी हुन् ।
महिलालाई सवारी हाँक्नसमेत प्रतिबन्ध लगाइने राजतन्त्रात्मक मुलुक साउदी अरबमा महिला स्वतन्त्रतामाथि निकै कडा प्रतिबन्ध लगाइएका छन् ।
यसअघि सन् २००५ मा गरिएको यस्तै परिषद निर्वाचनमा महिलालाई मताधिकार दिइएको थिएन । यस पटक पनि महिलालाई पुरुष मतदाताबीच पुगेर मत माग्न प्रतिबन्ध थियो ।
६ हजार पुरुष प्रतिश्पर्धीबीच ९ सय ७८ महिलाले निर्वाचनमार्फत् आफ्नो भाग्य परीक्षण गर्न उम्मेदवारी दिएका थिए । १४ लाख पुरुष मतदाता रहेको यस निर्वाचनमा करिब १ लाख ३० हजार महिलाले मात्र मत प्रयोग गर्न आफ्नो नाम दर्ता गराएका थिए ।
निर्वाचनमार्फत् जनताको अभिमत बिरलै बुझ्ने साउदी इतिहासमै योसमेत जम्मा तीन पटक निर्वाचन भएको हो । महिलालाई मताधिकार सुनिश्चित गराउने काम दिवंगत राजा अब्दुल्लाहले गरेका हुन् । आफ्नो मृत्यु पूर्व राजा अब्दुल्लाहले मुलुकको माथिल्लो सल्लाहकार परिषद् शूरामा ३० जना महिलालाई मनोनित गरेर परिवर्तनको शुरुवात गरेका थिए । (एजेन्सी)
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z