भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कञ्चनपुर, मंसिर २७ । भारतीय वन विभागले दक्षिण भेगको परासनस्थित बीचफाँटामा दशगजा मिचेर बाँध बनाएको पुष्टि भएको छ । शनिबार अबेर बाँध निर्माणस्थल पुगेको प्रजिअ मनोहरप्रसाद अर्यालसहितको सरकारी टोलीले दशगजा मिचेर भारतीय पक्षले मनोमानी रुपमा बाँध निर्माण थालेको जनाएको छ ।
नेपाली प्रशासनसँग सहमति नलिई भारतीय दुधवा निकुञ्जको सुरक्षार्थ खटिएको लखिकपुर जिल्लास्थित क्यामा वन चौकीका कर्मचारीले दुई मिटर दशगजा मिचेर बाँध बनाएका हुन् ।
पुनर्बास नगरपालिका–१ बीचफाँटामा पर्ने नेपाल–भारत सीमास्तम्भ १९१ देखि १९४ सम्मको तीन किमी लम्बाइमा भारतीय वन विभागले मनोमानी रुपले दशगजा मिचेको हो । भारतीय पक्षले दशगजा मिचेर करिब १.६७ मिटर उचाइको तीन किमी लामो बाँध बनाएको प्रजिअ अर्यालले बताए ।
नेपाली पक्षसँग सहमति र जानकारी नदिई भारतीय वनकर्मीले बनाएको बाँधका विषयमा आफूले मन्त्रालयमा जानकारी गराउने र भारतीय अधिकारीसँग हुने बैठकमा कुरा गरी सच्याउन पहल थाल्ने उनले जानकारी दिए ।
भारतीय पक्षले सो क्षेत्रमा यस अघिदेखि नै बेला बेलामा दशगजा मिच्ने काम गरिरहेको स्थानीय बासिन्दाले अनुगमन टोलीसमक्ष बताएका छन् । भारतले यस क्षेत्रमा सीमा मिचिरहे पनि नेपाली पक्षले चासो नदिएपछि सीमा अतिक्रमण बढिरहेको सीमा बचाऊ समितिका दीनबन्धु अर्यालले बताए ।
निरीक्षण टोलीमा जिल्ला वन कार्यालयका अधिकृत शिवप्रसाद शर्मा, प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पनेरु सहभागी थिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z