गफ पत्याउनुस्, मख्ख पर्नुस् : २०४५ सालको नाकाबन्दीमा दिइएका गफ यस्ता थिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
२०४५ सालमा पनि भारतले नाकाबन्दी गरेको थियो। त्यतिबेला पनि आत्मनिर्भरताका गफ भएका थिए। २०४६ सालको जेठ १६ गते गोरखापत्रमा छापिएको हेडलाइन हो यो। आर्थिक कार्यनीति २०४६ सम्बन्धी त्यो समाचारमा भनिएको थियो- त्रिपुरेश्वरदेखि त्रिभुवन विश्वविद्यालयसम्म र थापाथलीदेखि पाटनढोका पुल्चोकसम्म ट्रलिबस विस्तार गर्ने कार्य दुई वर्षभित्र पूरा गरिनेछ। विस्तारको त कुरै छाडौँ, भएको त्रिपुरेश्वर-सूर्यविनायक रुटको ट्रलिबससमेत अहिले तार पनि नभेटिने स्थितिमा पुगेको छ।

त्यसैगरी त्यतिबेला वीरगञ्जदेखि काठमाडौँसम्म इलेक्ट्रिक रेलको गफ पनि दिइएको थियो।

अहिले २०७२ सालमा फेरि नाकाबन्दी छ। र फेरि आत्मनिर्भरताका गफ हुँदैछन्। फेरि इलेक्ट्रिक बस र इलेक्ट्रिक रेलको सपना प्रम केपी ओलीज्युले यसरी बाँडिरहनुभएको छ-
त्यतिबेलाका थप केही हेडलाइन यो समाचारमा छ-
२७ वर्षपछि दोहोरिएको इतिहास : उस्तै हेडलाइन, उस्तै समाचार

त्यस्तै थप केही पत्रिकाका हेडलाइन र समाचार हिमालय टिभीको यो कार्यक्रममा हेर्न सकिन्छ-


त्यतिबेला र अहिलेको यो स्थिति उस्तै बुझेपछि तपाईँलाई के लाग्यो? आफ्नो प्रतिक्रिया तल लेख्न सक्नुहुन्छ। (माइ संसार )

###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z