फेन्टा,पेप्सी र मिरिण्डामा अखाद्य वस्तु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
५१ वटा कम्पनीमाथि मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फेन्टा, पेप्सी र मेरिण्डामा  अखाद्य वस्तु भेटिएको भन्दै ती कम्पनीहरुमाथि मुद्दा चलाएको छ ।

बोटलर्स नेपालको उत्पादन फेन्टा र वरुण वेभरेजद्वारा उत्पादित पेप्सी र मिरिण्डामा अखाद्य वस्तु भेटिएको भन्दै मुद्दा चलाईएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । यी कम्पनीहरुबाट उत्पादित पेय पदार्थमा पटक पटक  अखाद्य वस्तु भेटिने गरेको छ ।

यीसँगै विभागले ५१ वटा कम्पनीमाथि मुद्दा चलाएको छ । नवप्रभात डेरी ललितपुरको दूधमा दुषित भेटिएको वस्तीले जानकारी दिए । त्यस्तै क्रिष्टल अक्वाको पानी, वीर अस्पतालको क्यान्टीनमा अखाद्य वस्तु भेटिएको पनि उनले बताए ।

श्रीकृष्ण आयल एण्ड रिफाइनरी उद्योगको भेटमासको तेल दुषित पाइएको साथै काठमाडौंको आकाश स्वीटको मिठाइ पनि न्युन गुणस्तर भेटिएको उनले बताए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z