संविधान निर्माणबाट नेपालीको सपना साकार : कतार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं ।
नेपालका लागि कतारका राजदूत अहमद जेसिम अल–हमारले संविधान जारी भएकोमा खुसी व्यक्त गर्दै लामो समयदेखिको नेपालीको सपना साकार भएको बताएका छन् ।
कतारको राष्ट्रिय दिवसका अवसरमा वक्तव्य जारी गर्दै उनले शान्ति सम्झौतादेखिको सपना साकार भएको उल्लेख गर्दै नेपाली जनता र दलका नेताहरूलाई धन्यवादसमेत दिएका हुन् ।
शान्ति, दिगो विकास र समृद्धिको शुभकामनासमेत दिँदै उनले विकासका लागि कतार सधैं नेपालको साथमा रहेको पनि स्पष्ट पारेका छन् । ‘नेपालमा कतारले विभिन्न क्षेत्रमा लगानी गर्न चाहेको छ,’ उनले भनेका छन्, ‘ऊर्जा, कृषि, पर्यटन, संस्कृति, विविध उत्पादनका लागि उद्योगमा लगानी गर्न इच्छुक छ ।’ नेपाल–कतार सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने सञ्चारमाध्यम, संघ–संस्था र विविध क्षेत्रलाई उनले धन्यवाद दिएका छन् ।
सन् १८७८ डिसेम्बर १८ मा कतारका संस्थापक सेख जसिम विन मोहम्मद अल थानीले कतारलाई एक राज्यका रूपमा संगठित गरेको बताउँदै उनले भनेका छन्, ‘त्यो दिनलाई कतारले आफ्नो राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।
त्यसपछि हामी फरक र सम्मानित सानो मुलुकका रूपमा विश्वमा रहेका छौं । हाम्रो पहिचान र सम्पन्न इतिहास, मान्यताको आडमै कतार अहिले यो अवस्थामा रहन सकेको हो ।’
कतार नेपाली कामदारको एक प्रमुख गन्तव्य मुलुक पनि हो । सामान्यदेखि उच्च तहमा समेत गरेर करिब चार लाख नेपाली कामदार कतारमा छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z