१७९ वर्षीया वृद्ध भन्छन्, ‘मलाई कालले बिर्सियो कि !’ (भिडियाे सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
हामी मध्ये धेरैलाई मृत्यूसँग डर लागिरहन्छ र लामो जीवनको लागि कामना गरिरहेका हुन्छौं । तर यहाँ एउटा यस्तो मानिसको कथा छ, जो १७९ वर्षसम्म बाँचेका छन् । महश्त मुरासी त्यस्ता वृद्ध हुन् जसले आफू १८३५ मा जन्मिएको दावी गर्छन् । उनका सबै सरकारी कागजपत्रले उनको दावीलाई पुष्टि गर्दछन् ।
उनको दावी साँचो हुने हो भने उनी विश्वकै सबैभन्दा जेठो मानिस मात्र होइन, मानव इतिहासमै अहिलेसम्म सबैभन्दा बढी बाँच्ने मानिसको रेकर्ड समेत बनाएको गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख छ । ‘मेरा हजुरबुवा बितेको धेरै भइसक्यो ।

तर मलाई कसरी कालले बिर्सिएको होला ?’ उनी बताउँछन् ।
उनको सरकारी कागजात अनुसार उनी ६ जनवरी १८३५ मा भारतको बंग्लोरमा जन्मिएका थिए । उनी वाराणसीमा १९०३ मा आएका थिए, जहाँ उनले १९५७ सम्म काम गरे । उनी १२२ वर्षमा रिटायर्ड भएका थिए । इन्डिया डट कमका अनुसार, ‘मेरा नातिनातिनाहरु समेत बितेको धेरै भइसक्यो । अब त मलाई कालले सम्झन्छ भन्ने कुरामा पनि आशा मरिसक्यो ।’
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z