बिजुली र ग्यास दुवैबाट खाना पकाउन मिल्ने नयाँ चुल्हो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बजारमा अहिले ग्यासको चरम अभाव छ। भारतीय नाकाबन्दीका कारण ग्यासको अभाव भएपछि मानिसहरु अहिले इन्डक्सन चुल्होतर्फ आकर्षित भएका छन्। तर लोडसेडिङका कारण मानिसहरुले इन्डक्सन चुल्हो राम्रोसँग प्रयोग गर्न पाएका छैनन् ।
इन्डक्सन चूल्होको साथसाथै बजारमा अहिले कम्बी म्याजिक चुल्हो पनि आएकाे छ । जुन बिजुली भएको बेला बिजुलीबाट नभए ग्यासबाट पनि खाना पकाउन सकिन्छ । यसको विशेषता भनेको एउटै चुल्हाेमा ग्यास र विद्युतीय इन्डक्सन चुल्हाे प्रयोग गर्न सकिन्छ।
इन्डक्सन चुल्हाे सरह यस नयाँ प्रकारको चुल्हाेको पनि अत्याधिक माग रहेको छ। बजारमा अहिले यस्तो चुल्हाे दुईवटा मोडेलमा उपलब्ध रहेको छ। एउटा मोडेल रहेको छ जसमा डबल ग्यास बर्नर (दुईवटा ग्यास बर्नर भएको) र एउटा इन्डक्सन चुल्हाे रहेको छ भने अर्को चुल्हाेमा एउटा इन्डक्सन चुल्हाे र एउटा मात्र ग्यास बर्नर रहेको छ। डबल ग्यास बर्नर भएको चुल्हाेको मूल्य १२ हजार रुपैयाँ रहेको छ भने एउटा मात्र बर्नर भएको चुल्हाेको मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।
यी सबै चुल्हाे भारतबाट आयात हुने भएकाले १ वर्ष सम्मको वारेन्टी पनि पाउन सकिन्छ। ‘यो मोडेलको चुल्हाे नेपालमा पहिले नै आइसकेको थियो।’,नापतौल बजार कालीमाटीकी म्यानेजर मेनुका भण्डारीले भनिन्, ‘हामीले करिब तीन वर्ष अघि पनि यस्तै प्रकारको चुल्हाे विक्री गरेका थियौँ।
तर त्यस समयमा सबै मानिसहरुलाई यसप्रकारको चुल्हाेको बारेमा जानकारी थिएन। नयाँ सामानका शौखिन मानिसहरु आफ्नो भान्छामा केही नयाँ प्रकारको सामान देखियोस भनी यो चुल्हाे किनेर लग्थे।
‘एउटा सामान्य ग्यास चुल्हाे र इन्डक्सन चुल्होको तुलनामा यसमा केही पनि फरक छैन।’ भण्डारीले भनिन्, ‘फरक डिजाइन मात्र हो। ग्यास चुल्हाे र इन्डक्सन चुल्हो छुट्टा छुट्टै हुन्छन् भने कम्बी म्याजीकमा दुवै प्रकारका चुल्हाे एउटैमा पाउन सकिन्छ। साथै यसमा रहेको इन्डक्सन चुल्हाेमा पूर्ण टच सिस्टम रहेको छ।’
यस चुल्होबाट एकैपटक बिजुली र ग्यासमा जोड्नु हुन्न । खाना फकाउँदै गर्दा बिजुली गयो भने ग्यास बालेर खाना पकाउन सकिन्छ । बिजुली गयो खाना बिग्रिन्छ कि भनेर गृहिणीले पीर मान्नुपर्ने अवस्था रहदैन् ।

###
0 comments
Write Down Your Responses