रातो मच्छिन्द्रनाथको मन्दिर श्रीलंकाले बनाइदिने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
 भूकम्पले क्षतिग्रस्त भएको ललितपुरको रातो मच्छिन्द्रनाथ र बुंगमतीको आनन्द कुटि श्रीलंका सरकारले बनाइदिने भएको छ।

रातो मच्छिन्द्रनाथ र आनन्द कुटी बनाइदिने बिषयमा सोमबार श्रीलंका सरकारका राजदुत डब्लु एम सेनेभिरत्न र पुरातत्व बिभागका महानिर्देशक भेषनारायण दाहालले एक सम्झौतामा हस्ताक्षर गरेका छन्।

रातो मच्छिन्द्रनाथ र आनन्द कुटिको निर्माणमा लाग्ने सबै खर्च श्रीलंका सरकारले ब्यहोर्ने गरी सम्झौता भएको पुरातत्व बिभागका महानिर्देशक दाहालले जानकारी दिएका छन्।

दाहालले भने ‘रातो मच्छिन्द्रनाथ र आनन्द कुटिको निर्माणमा लाग्ने  सबै खर्च श्रीलंका सरकारले ब्यहोर्ने छ, निर्माण श्रीलंका सरकारले गरिदिने भएपनि यसमा पुरातत्व बिभागको डिजाइन र निरिक्षण रहन्छ। ’

यसअघि चीन सरकारले बसन्तपुरको नौतले दरबार र नुवाकोटको सात तले दरबार निर्माण गरिदिने सम्झौता गसिकेको छ। साथै बसन्तपुरको नौ तले दरबारको भने निर्माण कार्य समेत अघि बढेको दाहाल बताउँछन्। अध्ययनको काम सकिसकेको र निर्माण कार्य सन् २०१६ बाट थाल्ने चीनका प्रतिनिधीले बताएको दाहालले जानकारी दिए।

त्यस्तै भक्तपुरको चाँगुनाराण मन्दिरको निर्माणको जिम्मा एक आइएनजिओलाई दिइएको छ । साथै यसको पनि निर्माण कार्य सुरु भइसकेको छ। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z