'नुनबाहेक सबै खाद्यबालीमा कर्णाली आत्मनिर्भर'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जुम्ला: आत्मनिर्भरताका हिसाबले कर्णालीसँग नुनबाहेक सबै खाद्यवस्तु उत्पादन गर्नसक्ने क्षमता रहेको एक गोष्ठीका सहभागीहरुले दाबा गरेका छन् ।
आत्मसम्मानका लागि सहकार्य (क्याड, नेपाल) नामक गैरसरकारी संस्था अन्तर्गतको कर्णाली कृषि तथा खाद्य सरोकार समूह जुम्लाले आयोजना गरेको गोष्ठीमा यो कुरा बताइएका हो ।
“कर्णालीमा काली मार्सीधान, गहुँ कोदो, जौँ, सिमी, उवा, फापर, चिनो, काउनो, लट्टे, भट्टमास, गहत, केराउलगायतका अन्नबाली उत्पादन हुन्छन्, अब यसको प्रबद्र्धन र संरक्षणमा जोड दिनुपर्दछ,” क्याड नेपालका कार्यकारी निर्देशक धनबहादुर गौतमले भने ।
उनले कर्णालीको स्थानीय रैथानेबाली प्रशस्त मात्रामा भए पनि खाने बानी परिवर्तनका कारण आयातित वस्तुमा यहाँका जनता आकर्षित हुँदै गएकाले आत्मनिर्भरतामा प्रश्न उठेको तर्क गरे ।
गैरसरकारी संस्था महासङ्घ, जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले कर्णालीमा उत्पादित सबै चीज प्राङ्गारिक रहेको भएपनि त्यसको प्रवद्र्धन र संरक्षणमा ध्यान जान नसकेको बताए ।
उनले उर्वर भूमिमा पक्की घर बनाउन बन्देज गर्ने र जिल्ला बाहिरका नागरिकले जमिन किन्न नपाउने खालको प्रावधान ल्याइए कर्णालीवासीको आत्मनिर्भरतामा सहयोग पुग्ने उनको भनाइ थियो ।
सूर्य सामाजिक सेवा सङ्घ जुम्लाका कार्यक्रम संयोजक सतानन्द उपाध्यायले कर्णालीमा ढँटेलो, तोरी, तिल, आरु, ओखर, सूर्यमुखी, रिङ्गा जस्ता तेलहन बाली अहिले पनि उत्पादन भइरहेको बताए ।
स्थानीयस्तरमा सफल प्रविधिको अनुशरण गर्ने र पुराना ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सरकार र साझेदार निकायको संलग्नतामा बृहत् कार्यक्रम आयोजना गर्ने लक्ष्य राखिएको छ ।

###
0 comments
Write Down Your Responses