बुहारी बसिन् ससुराको किरिया
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दाङको तुलसीपुरमा बुहारीले ससुरालाई दागबत्ती दिएकी छन् । महिलाले मरेपछि शव पनि छुनुहँुदैन र मलामी बनेर घाट जानुहँुदैन भन्ने सामाजिक परम्परालाई तोड्दै तुलसीपुर नगरपालिका–१९ निवासी बुहारी सावित्रा ढकालले स्वर्गीय ससुरा शेषमणि पण्डितलाई वैदिक परम्पराअनुसार शुक्रबार बबई नदीको उरहरि घाटमा दागबत्तीदिएकी हुन् ।
बिहीबार साँझ ६५ वर्षको उमेरमा निधन भएका ससुरालाई दागबत्ती दिएकी बुहारी सावित्रा, शुक्रबारदेखि नै कोरा बारेर छोरा जस्तै किरियासमेत बसेकी छन् ।
सावित्राका श्रीमान् अशोक पण्डित हाल रोजगारीको सिलसिलामा मेलेसियामा छन् । विगत ५ वर्षदेखि रोगले थलिएका ससुराको स्याहारसुसार गर्दै आएकी सावित्राले समाजमा जरो गाडेर रहेको कुरीति कुसंस्कारलाई चिर्नका लागि दागबत्ती दिएर क्रिया बसेको भन्दै व्यवहारमा कार्यान्वयन गर्न चुनौतीपूर्ण पनि रहेको प्रतिक्रिया दिएकी छन् ।समाजमा आफूलाई देखेर कतिपय
मानिस मुखामुख गरेर कानेखुसी गर्ने गरेको भन्दै छोरासरह बुहारीले पनि काम गर्न सक्छन् भन्ने सन्देश आफूले दिन सकेकोमा गर्व लागेको बताइन् । बुहारीले सयौं मलामीबिच ससुरालाई दागबत्ती दिएर क्रिया बसेको दाङमा यो पहिलो पटक हो । एक मात्र छोराका बाबु शेषमणिकी
श्रीमतीको पाँच वर्षअघि निधन भइसकेको थियो । महिलामा चेतनाको वृद्धिसँगै दाङमा पछिल्लो समय फाट्टफुट्ट रूपमा एकआध ठाउँमा महिला मलामी जान थालेका छन् ।

###
0 comments
Write Down Your Responses