सरकारमा गएकोमा पछुतो भएको छ: उपप्रधानमन्त्री केसी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पर्वत-उपप्रधान तथा सहकारी एवम् गरीबी निवारणमन्त्री चित्रबहादुर केसीले सरकारमा सहभागी भएकोमा अहिले पछुतो लागेको बताएका छन्। उनले प्रधानमन्त्रीबाट एउटै पार्टीको सरकार भएजसरी काम गरेको र महंगी, कालोबजारी नियन्त्रण लगायत जनताका आधारभुत आवश्यकतालाई ध्यान दिने काममा नलागेका कारण सरकारमा गएकोमा पछुतो लागेको बताए ।
'प्रमुख तीन दल मिलेर नै सरकार बनाउनुस् भन्यौ तर उहाँहरु मान्नुभएन र हामी फालिएको खान पुग्यौ' नयाँ संविधानको प्रचार अभियान अन्तर्गत जिविस पर्वतले सोमबार आयोजना गरेको कार्यक्रममा केसीले भने 'मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण भएको महंगी, कालोबजारी नियन्त्रण गर्न नसक्नु र प्रधानमन्त्रीले एकलौटी गर्दा पछुताउनु परेको छ ।'
उनले आफु राजधानी छाडेपछि प्रधानमन्त्रीले बिना छलफल मन्त्रिपरिषद बिस्तार गरेकोमा पनि आपत्ति जनाए । 'मन्त्रिपरिषद बिस्तार गरेर जम्बो गराएकोमा मेरो असहमति छ, प्रधानमन्त्रीले गर्नै नहुने काम गरेर सरकारकै आलोचना गराउन मद्दत पुर्याउनुभयो' उनले भने–'सत्ता टिकाउने नाममा मन्त्रालय टुक्राउने र मन्त्रिपरिषदलाई जम्बो बनाउनु गलत हो ।'
उनले जनप्रतिनिधिबाट प्राप्त गरेको नयाँ संविधानका कारण जनताले नाकाबन्दीको सजाय पाएको भन्दै सरकारको मुख्य काम नै अहिले कालोबजारी र महंगी नियन्त्रण भएको बताए । उनले राष्ट्रियतालाई छाडेर विदेशीले भनेअनुसार सम्झौता गर्नै नहुने धारणा राखे । 'बाह्यशक्तिले भनेको मान्दै जाने हो भने कालान्तरमा नेपाल सिक्किम बन्छ, बन्छ' केसीले भने ।
उनले आफुले सत्यकुरा बोल्दा मन्त्रीपद धरापमा पर्ने चेतावनी आएको पनि खुलासा गरे । 'राष्ट्रियता भन्दा ठूलो मन्त्रीपद होइन, सत्य कुरा बोल्दा मन्त्री पद जान्छ भने मन्त्री छाड्न आफु तयार छु' केसीले भने ।

###

0 comments
Write Down Your Responses