गृहमन्त्रीले भने- महतोलाई आन्दोलनकारीले हानेको ढुंगा लाग्यो कि भारतीय प्रहरीको लाठी, थाहा छैन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१३ पुस, काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मधेसी मोर्चाका नेता राजेन्द्र महतो नेपाल प्रहरीको कुटाइबाट घाइते नभएको दाबी गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारी र गृहमन्त्री बस्नेतबीच सोमबार भएको छलफलमा बिराटनगर घटनाबारे कुराकानी भएको हो ।
गृहमन्त्री बस्नेतले महतोसहितका नेताहरु जोगवनीबाट नाराबाजी गर्दै सीमा नाकामा आएको र प्रहरीले पटक-पटक चेतावनी दिँदा पनि नहटेको बताए ।
त्यसक्रममा केही आन्दोलनकारी भारतर्फ गएर नेपाली सुरक्षाकर्मीलाई ढुंगा हानेको र त्यस क्रममा भारतीय सुरक्षाकर्मीले पनि लाठीचार्ज गरेको बताए । ‘केही आन्दोलनकारी वारि थिए भने केही जोगवनीतर्फ गएर पनि ढुंगा हानिएको थियो’ गृहमन्त्रीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने-पछि महतो घाइते भएको भन्दै पारिबाट एम्बुलेन्समा ल्याइयो । आन्दोलनकारीले हानेको ढुंगा लागेर घाइते भए कि भारतीय प्रहरीको लाठी लागेर अझै खुलेको छैन ।’
गृहमन्त्री बस्नेतले मधेसी मोर्चाका नेता महतोको अवस्था अहिले गम्भीर नरहेको रिपोर्ट आएको समेत उनले जानकारी दिए ।
शनिबार बिराटनगरको जोगवनी नाकामा धर्ना दिने क्रममा भएको झडपमा मोर्चाका नेता महतो घाइते भएका थिए ।
बस्नेत गृहमन्त्री भएपछि मानवअधिकार आयोगले पहिलो पटक आफ्नो कार्यालयमै बोलाएर छलफल गरेको थियो ।
आयोगका पदाधिकारीहरुले मन्त्री बस्नेतसँग मधेस आन्दोलन, मानवअधिकारको रक्षा लगायतका समग्र विषयमा झण्डै २ घन्टा छलफल गरेका थिए । छलफलमा आयोगका पदाधिकारीहरुले आफ्नो केही रिपोर्टहरुमा आन्दोलनका क्रममा बढी बल प्रयोग भएको देखिएको भन्दै कसरी रोक्नुहुन्छ भन्ने प्रश्न गरेका छन् ।
उनीहरुले आन्दोलनका क्रममा खटिएका सुरक्षाकर्मीहरुको अवस्थाबारे समेत गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । ६०० सुरक्षाकर्मी भएको ठाउँमा ३०० मात्र खाट रहेको, पालैपालो सुत्नुपर्ने अवस्था रहेको, १२ देखि १४ घन्टासम्म काममा खटाइएको भन्दै उनीहरुको मानवअधिकार रक्षा गर्न ध्यानाकर्षण गराइएको थियो ।
मानवअधिकार आयोगले टिकापुर घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइप्रति पनि चासो व्यक्त गरेको छ । गृहमन्त्री बस्नेतले भने यसबारे अध्ययन भइरहेको र छिट्टै सार्वजनिक हुने जवाफ दिएका छन् ।
गृहमन्त्रीको प्रश्न, कुन आन्दोलन हिंसात्मक, कुन शान्तिपूर्ण ?
आयोगका पदाधिकारीहरुले मधेस आन्दोलन हिंसात्मक भएकोतर्फ गृहमन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री बस्नेतले कुन आन्दोलनलाई हिंसात्मक भन्ने र कुनलाई शान्तिपूर्ण भन्ने
भनेर आयोग पदाधिकारीहरुलाई प्रश्न गरेका थिए ।
आयोग पदाधिकारीहरुले भने कुन आन्दोलनलाई हिंसात्मक र शान्तिपूर्ण भन्ने भनेर सरकारलाई मापदण्ड बनाउन सुझाव दिएका थिए ।

###

0 comments
Write Down Your Responses