पूर्व मन्त्री रिजालको एनसेल घुस काण्ड छताछुल्ल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लगानीकर्ता टेलियासोनेराले मुनाफाको रकम विदेश लैजान कानुनी अड्चन देखाएपछि जलविद्युत क्षेत्रमा लगानी गर्ने योजना बनाएको समाचार सार्वजनिक भएको थियो ।

विदेशी लगानी भित्र्याउन दिने तर, मुनाफा लैजानको लागि अनुमति माग्दा तत्कालीन संचारमन्त्री मिनेन्द्र रिजाल लगायत दुरसंचार प्राधिकरणका पदाधिकारीले रोकेको भन्दै नेपालमा विदेशी लगानीको वातावरण नभएकोले सेयर बिक्री गर्न लागेको समाचार छ । पूर्वमन्त्री रिजालले मुनाफा विदेश लैजानको लागि घुस मागेको तर, एनसेलले दिन अस्वीकार गरेकाले अनुमति नदिएकै कारण रोकिएपछि कम्पनीको सेयर बिक्री गर्न बाध्य भएको एक सूत्रले बताएको छ ।

एनसेलको सेयर बिक्रीका लागि मलेसियन कम्पनीसँग पटकपटक वार्ता भइसकेको बुझिएको छ । एनसेलले आर्थिक वर्ष २०६८÷६९ मा ११ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०६८र६९ को रु ११ अर्बमा नेपाली सेयरधनी निरजगोविन्द श्रेष्ठको मुनाफा कटाएर बाँकी आठ अर्ब विदेश कटाउन खोज्दा संचार मन्त्रालयले दुरसंचार प्राधिकरणले राष्ट्र बैंक र राष्ट्र बैंकले उद्योग विभागबाट स्वीकृति चाहिने भनि रोकेका थिए । तर, मन्त्री रिजालले भने घुस नदिएकै कारण मुनाफा लान नदिएपछि टेलियासोनेरा मुनाफासहित कम्पनीको सेयर बिक्री गरेर देशर छाड्ने तरखरमा छ । दृष्टि साप्ताहिकमा खबर छ ।
#sajhapost
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z