आफ्नो भूमि प्रयोग गर्न नदिने एसएसबीको प्रतिबद्धता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मंसिर १६, २०७२- ढुंगा हानहान र पेट्रोल बम प्रहारपछि सोमबार रातिदेखि बन्द गरिएको नेपालगन्ज–रुपैडिहा नाका सहज बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार दिउसो छलफल भएको छ । सहायक प्रमुख जिल्ला अधिकारीहरुको तहका सुरक्षा अधिकारीबीच भएको छलफलमा भारतीय अधिकारीहरुले मोर्चाको आन्दोलनमा आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्वता जनाएका छन् ।

साथै, भारतीय अधिकारीहरुले आफ्नो कारणले नाका ठप्प नभएको दाबी गर्दै समस्या समाधान गर्न नेपाली अधिकारीहरुलाई सुझाव दिएका छन् ।

दुई देशका सुरक्षा अधिकारीको बैठकपछि पनि मोर्चाको अवरोध जारी छ । अन्य दिनभन्दा बुधबार नेपालगन्ज नाकामा मोर्चाका कार्यकर्ताको उपस्थिती बाक्लो छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले माइकिङ गरी आफ्नो क्षेत्रमा जान मोर्चाका कार्यकर्ताहरुलाई आग्रह गरिरहेका छन् ।

उक्त छलफलमा भारत बहराईचका प्रमुख डिएमलगायतका सुरक्षा अधिकारीहरु सहभागी हुने अनौपचारिक सहमति भएको थियो । तर, बहराईचका डिएम छलफलका लागि नआएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी पनि सहभागि भएनन् । करिव आधा घण्टासम्म भएको छलफल नाका सहज गराउनेमा केन्द्रित थियो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत, प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटी र भारत नानपाराका एसडीएम भरत यादव, ईलाका प्रशासक अफताब यादवबीच छलफल भएको हो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z