कता हराउँछन् काठमाडौं छिरेका ग्यासका बुलेट ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नाकाबन्दीकै बेलामा भरिए १४, ७९, ७२२ सिलिण्डर !
२५ मंसिर, काठमाडौं । ठमेलको ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको एउटा होटलले गतहप्ता ३० सिलिन्डर ग्यास भित्र्यायो । होटलले सरकारी स्वामित्वको साल्ट ट्रेडिङको एसटीसी ब्राण्डको ग्यास ल्याएको हो ।
दिउँसै होटलमा आएको ग्यासबारे सोध्दा होटल सञ्चालकले डिलरमार्फत किनेर ल्याएको बताए । तर, ती सिलिन्डर कालोजारी गर्ने समूहबाट किनेको ठमेलका स्थानीयहरु दाबी गर्छन् ।
‘एउटा सिलिन्डरलाई ८ हजार रुपैयाँ हाल्ने हो भने सबैको घरमै ग्यास आइपुग्छ’ ठमेलका एक स्थानीयले भने- ‘होटल र व्यवसायीहरुले जति परे पनि तिर्ने भएपछि सर्वसाधरण जनतालाई साविककै मूल्यमा उद्योग र डिलरले किन ग्यास बाँड्थे ?’
ग्यासमा कालोबजारी भइरहेको छ भन्ने कुरा अहिले सबैलाई थाहा छ । तर, त्यसको जरो खोतल्न कोही पनि कस्सिएका छैनन् ।
असोजदेखि सुरु भएको भारतीय नाकाबन्दीका कारण कारण देशभर खाना पकाउने ग्यासको चरम अभाव भइरहेको छ । काठमाडौं बाहिरका जिल्लाहरुमा उपभोक्ताले ग्यास पाइरहे पनि उपत्यकामा भने सर्वसाधारणले अहिलेसम्म ग्यास पाउन सकेका छैनन् । उपत्यकामा जति ग्यास भित्रिन्छ, नेता, सरकारी हाकिम र ठूला घरानियाहरुको चुल्होमा पुग्छ, सर्वसाारणले देख्नसम्म पाउँदैनन् ।
नाकाबन्दीपछि उपत्यकामा कति ग्यास भित्रियो ?
सि. नं महिना ग्यास आयात (मे.ट) बुलेट संख्या बजारमा आउनुपर्ने सिलिन्डर
१ असोज ४,४९८ २४९ ३,१२,३६१ (पूरा भरिएको)
२ कात्तिक ५,०१३ २७८ ६,९६,२५० (आधा भरिएको)
३ मंसिर (२३ गतेसम्म) ३,३९२ १८८ ४,७१,१११ (आधा भरिएको)
जम्मा १२,९०३ ७१५ १४,७९७२२ (आधा र भरी)
आयल निगमको आधिकारिक तथ्याङ्कलाई हेर्ने हो भने असोजदेखि अहिलेसम्म १२ हजार ९ सय ३ मेट्रिक टन ग्यास नेपाल आएको छ । अर्थात भारतीय अवरोधका बीच पनि ७ सय १५ बुलेट ग्यास नेपाल आएको देखिन्छ ।
नाकाबन्दीपछि आधा सिलिन्डर बाँड्नुअघि र बाँडेपश्चातको तथ्याङ्कलाई आधार मान्दा पनि देशभर झण्डै १५ लाखवटा सिलिन्डर ग्यास वितरण हुनुपर्ने हो ।
एउटा बुलेटमा १८ मेट्रिक टन ग्यास हुन्छ । एक बुलेट ग्यासबाट १२ सय ५० वटा सिलिन्डर भरिन्छन् भने आधा भर्दा झण्डै २५ सय ग्राहकलाई पुग्छ ।
नेपाल छिरेका ग्यासका बुलेटहरु बढीजसो राजधानी भित्र्याइन्छ र ती वीचैमा गायव हुन्छन् ।
असोजको अन्योल
असोजमा मात्रै ४ हजार ४ सय ९८ मेट्रिक टन अर्थात २ सय ४९ वाटा ग्यास बुलेट नेपाल आएका थिए । त्यतिबेलासम्म सरकारले आधा सिलिन्डर ग्यास बाँड्ने निर्णय गरेको थिएन ।
त्यसअनुसार असोजमा झण्डै २ सय ४९ बुलेटबाट झण्डै-झण्डै ३ लाख १२ हजार ३ सय सिलिन्डर ग्यास बाँडिनुपथ्र्यो ।
तर, असोज महिनाभर भारतीय नाकाबन्दीमा सबै निकाय रुमल्लिँला ३ लाख सिलिन्डर ग्यास लगभग गायब नै भए ।
कात्तिकको आशा
सरकारले कात्तिकमा बल्ल उपभोक्तालाई ग्यास उपलब्ध गराउनुपर्ने महसुस गर्यो । त्यसपछि आधा सिलिन्डर अर्थात ७.१ किलो ग्यास ७ सय रुपैयाँमा बिक्री थालियो ।
त्यसपछि उद्योगहरुको ग्यास केही सहजरुपमा उपभोक्ताले पाए । तर, यो बीचमा पनि उद्योगहरुले कालोबजारी गरेको गुनासो ब्यापक रुपमा सुनियो ।
कात्तिक महिनामा भारतबाट ५ हजार १३ मेट्रिक टन अर्थात २ सय ७८ वटा ग्यास बुलेट नेपाल आए ।
कात्तिकदेखि उद्योगले सिलिन्डरमा आधा भरेर बाँड्न सुरु गरे । यसअनुसार बजारमा ६ लाख ९६ हजार ६ सय ५० सिलिन्डर ग्यास आएको हुनुपर्छ ।
अब त्यत्ति ग्यास बजारमा आए कि आएनन् भन्ने उपभोक्ताले नै विश्लेषण गर्न सक्लान् । तर, कात्तिक महिनाभर आधा भरिएका सिलिन्डरको फाइदा धेरैले उठाए । त्यसैले लाइनमा बसेका अन्यलाई पनि ‘पाइएला कि’ भन्ने आशाको सञ्चार गरेको थियो ।
मंसिरको चिन्ता
दुई हप्तादेखि काठमाडौंमा ग्यास वितरण ठप्प छ । मंसिर २३ गतेसम्मको तथ्याङ्क अनुसार यो महिनामा मात्रै ३३ सय ९२ मेट्रिक टन अर्थात १ सय ८८ वटा बुलेट नेपाल आएका छन्
तर, मंसिर महिना उपभोक्ताको आशाको विपरीत रह्यो । सुरुवातमा उद्योगबाट स्थानीयले निकाल्न नदिएको ग्यास ल्याएर केही बिक्री त भयो । तर, ज्यादै न्यून मात्रामा ।
यो महिना विभिन्न कारण देखाउँदै ग्यासको वितरण कात्तिकको जस्तो गतिमा भएको छैन । छठपछि नाकाहरु असामान्य बनेका कारण ग्यास बुलेट आउने क्रम घटेको थियो ।
त्यही कारण छिटपुट रुपमा भइरहेको आधा सिलिन्डर ग्यासको वितरण पनि रोकियो । दुई हप्तादेखि काठमाडौंमा ग्यास वितरण ठप्प छ ।
मंसिर २३ गतेसम्मको तथ्याङ्क अनुसार यो महिनामा मात्रै ३३ सय ९२ मेट्रिक टन अर्थात १ सय ८८ वटा बुलेट नेपाल आएका छन् ।
यसअनुसार बजारमा अहिलेसम्म ४ लाख ७१ हजार १ सय सिलिन्डर ग्यास आउनुपर्ने हो । तर, मंसिरमा बजारमा त्यसअनुरुप ग्यास सिलिन्डर बजारमा आएका छैनन् ।
आधा भरिएका सिलिन्डर बाँड्न सुरु भएपछि तुलनात्मक रुपमा कात्तिक महिनामा धेरै उपभोक्ताले सुविधा पाएका थिए ।
तर, असोज र मंसिरमा ग्यास आयतको रेर्कड अनुसार जति सिलिन्डर बजारमा आउनुपर्ने हो, त्यसअनुरुप नदेखिएको बाणिज्य अधिकारी नै बताउँछन् ।
मौकामा चौका
अपारदर्शी वितरणका कारण उद्योग र डिलरहरुले लाखौं सिलिन्डर कालोबजारीमा बिक्री गरेको आशंका गर्नेलाई बलियो बनाएको आयल निगमकै एक उच्च अधिकारीे बताए ।
ती अधिकारीका अनुसार उद्योगहरुले असोजमा कालोबजारी गर्ने अवसर पाएका थिए भने सिलिन्डर डिलरमार्फत मात्रै वितरण गर्ने निर्णयपछि बिक्रेताले पनि मौकामा चौका हानेका छन् ।
‘असोज महिनामा धेरै उपभोक्तासँग ग्यास स्टक थियो । त्यतिबेला नाकाबन्दी केही दिनमा खुल्ने अपेक्षामा धेरैले ग्यास किन्नेतर्फ ध्यान दिएनन्’ ती अधिकारीले भने-‘धेरै उद्योगहरुले त्यति बेला होटलहरुलाई बढी मूल्य लिएर ग्यास बेचे ।
कात्तिक लागेपछि मात्रै सरकारसहित सबैको आँखा खुल्यो । अब झण्डै ६ लाख भन्दा बढी सिलिन्डरको हिसाब जसले जे-जे जोर लगाएर गरे पनि मिल्दैन’ विक्रेताहरुले पनि औपचारिक माध्यमबाटै कालोबजारी गरिरहेको बाणिज्य अधिकारीहरुको आरोप छ । आफ्नो डिपोमा परेको कोटाको आधा जति टोकन आफैं राख्ने र उपभोक्तालाई आधा मात्र वितरण गर्ने गरेको अनुगमनमा पनि भेटिएको छ ।
अख्तियारले गरेको एक कार्यक्रममा लालितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले डिलरहरुको यस्तो प्रवृत्ति ब्यापक देखिएको बताएका थिए ।
काठमाडौंमा सामान्य दैनिक ३७ हजार ९ सय सिलिन्डर अर्थात ५ सय ४ सय मेट्रिक टन ग्यास आवश्यक पर्छ । सामान्य अवस्थामा देशभरमा एक दिनमा ६२ हजार सिलिन्डर अर्थात ९ सय मेट्रिक टन ग्यास खपत हुन्छ ।
जाडो समयमा नेपालमा मासिक २७ हजार मेट्रिक टन ग्यासको माग छ । नेपाल आयल निगमले मासिक २९ हजार मेट्रिक ग्यासको कोटा निर्धारण गरेको छ ।
गर्मी मौसममा जाडो मौसमको भन्दा कम ग्यास खपत हुन्छ । गर्मी मौसममा निगमले मासिक १९ हजार मेट्रिक टन ग्यास भित्राउने गरेको छ ।
काठमाडौं देशभरमा सबैभन्दा बढी ग्यास खपत हुने ठाउँ हो । तर, आएको ग्यास पनि पारदर्शी रुपमा वितरण नभएको गुनासो सर्वत्र छ ।

###
0 comments
Write Down Your Responses