रसुवाको टिमुरेमा यस्तो बन्दैछ सुक्खा बन्दरगाह (भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
रसुवा, मंसिर २५ । रसुवाको टिमुरे गाविसमा निर्माण गर्न लागिएको सुक्खा बन्दरगाहको विस्तृत डिजाइन तयार गरी जग्गा अधिकरणको प्रक्रिया अगाडि बढाइएको छ ।

नेपाल इन्टर मोडल यातायात विकास समितिले नेपाल र चीन सिमाना रसुवागढीबाट करिब तीन किलोमिटर दक्षिणमा निर्माण गर्ने सुक्खा बन्दरगाहका लागि आवश्यक जग्गा अधिकरणको सूचना सम्बन्धित स्थानमा टाँस गरेको छ ।

सुक्खा बन्दरगाहका लागि आवश्यक लाङटाङ राष्ट्रिय निकुञ्जको १ सय ९ रोपनी, टिमुरे गाविसको ५९ रोपनी र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बस्दै आएको नेपाली सेनाको ५ रोपनी जग्गा अधिकरण गरिने गरी सूचना टाँसिएको हो ।

जग्गा अधिकरणको सूचना टाँसेपछि स्थानीयबासीले जग्गा सटनीको माग गरेका छन् । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z