बालुवाटारमा प्रमुख दलहरुले साझा धारणा तयार पारे, के-के विषय समेटियो ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राजनीतिक सहमतिमै तीन महिनाभित्र सीमांकन टुंग्याइने

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिपक्षी कांग्रेससहितका प्रमुख दलहरुको बैठकले साझा धारणा तयार पारेका छन् ।
शुक्रबार अपराह्न बसेको बैठकले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्नका लागि साझा धारणा तयार पारेको कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन दलले तत्कालिन कोइराला सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावलाई अगाडी बढाउने सहमति गरेका छन् । कांग्रेसको संसदमा पेस गरेको संशोधन विधेयकमा मधेस आन्दोलनले उठाएको समानुपातिक समावेशी र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण विषय रहेका छन् ।
यसैगरी तीन दलले सीमांकनको विवादलाई राजनीतिक सहमतिका आधारमा तीन महिनाभित्र ट्ंग्याउने साझा धारणा बनाएका छन् ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड लगायत दोस्रो तहका नेताहरु सहभागी थिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z