आफु बरु बर्दी त्याग्न तयार तर पैसा र पावर बाट नझुक्ने : एसएसपी थापा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कानुनको नजरमा सबै समान भने पनि वास्तविकता भने अर्कै छ । कानुनको कार्यान्वयन गर्ने निकायका कतिपय अधिकारीहरु व्यक्तिको पृष्ठभुमिका आधारमा सजायको निर्धारण गर्ने गर्छन् । पैसा र पावरका आधारमा प्रतिष्ठाको मापन हुने यो समाजमा कानुनको व्याख्या र प्रयोगको अवस्था पनि उस्तै छ । कयौँ नेता तथा प्रशासकहरु व्यापारीको पैसा चन्दा लिएर भोगविलास गरेका घटनाहरु ताजै छन् । कालो धन्दाको संरक्षक बन्ने प्रतिबद्धता जनाएर पैसा असुल्ने कतिपय नेता तथा प्रशासकहरुबाट व्यापारिको अनैतिक धन्दा उपर कारवाहीको के आश गर्नु ? यस्तोमा काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले एक कथित प्रतिष्ठित घराना के एल दुगडको कालोबजारी सार्वजनिक गरेपछि धेरै झस्किएका छन् । उनले आफु बरु बर्दी त्याग्न तयार भएको तर बद्माशसँग सम्झौता नगर्ने बाचा गरेका छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z