महन्थ ठाकुरको गुनासो : आन्दोलनमा जनता आउनै छाडे
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
वीरगन्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा जनता सहभागी हुने क्रम घट्दै गएको स्वीकारेका छन् ।
‘आन्दोलन शिथील भएको जस्तो देखिन्छ, तर शिथिल भएको चाहिँ होइन । अहिले खेतीपातीको सिजन र मौसम प्रतिकुल भएले आन्दोलनमा जनसहभागिता कम भएको भन्दै हो’, वीरगन्जमा बुधबार मधेसी पत्रकार समाज पर्साको त्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले भने, ‘आन्दोलनलाई फेरि सशक्त बनाउने विषयमा मोर्चामा छलफल भइरहेको छ ।’
मधेस आन्दोलन र नाकाबन्दी वीरगन्जमै केन्द्रित भएको अध्यक्ष ठाकुरको भनाइ थियो । ‘अरु नाकामा धर्नामा बस्न कठिनाइ छ, भारतीय सुरक्षाकर्मीले पनि बेला बेलामा लाठी चार्ज गरेर धपाउँछन्’, उनले भने, ‘त्यसैले अरु नाकाको आन्दोलन वीरगन्जको जस्तो सशक्त हुन सकिरहेको छैन ।’
उनले परराष्ट्रमन्त्री कमल थापाले चार बुँदे प्रस्ताव मधेसी मोर्चालाइ बुझाउनुको सट्टा दिल्लीमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई बुझाएकाले समस्या झन जटिल बनेको बताए ।
मोर्चाका नेताहरुको पछिल्लो दिल्ली भ्रमण फलदायी भएको बताउँदै अध्यक्ष ठाकुरले मधेस आन्दोलनबारे राज्यले भारतमा फैलाएको भ्रम चिर्न भारत भ्रमण सफल भएको जिकिर गरे ।
तीन दल र सरकारले मधेसी मोर्चासँग भएको सहमति विपरित संविधान संशोधन र भूकम्पप्रभावित संरचना पुनर्निर्माण विधेयक संसदमा जबरजस्ती पेश गरेकाले मुलुक अझ जटील अवस्थामा पुगेको उनले बताए ।
मधेस आन्दोलनका सबै माग प्याकेजमै सम्बोधन नभए सम्म आन्दोलन नरोकिने उनले प्रष्ट पारे । बहुमतको आडमा बल मिच्याइ गरेर संविधान जारी गरेका तीन ठूला दल र सरकार संसदमा पनि बलपुर्वक अगाडि बढन खोजेको आरोप ठाकुरको छ ।
‘विधेयकमा रहेको त्रुटी सच्याएर संसदमा पेश गर्ने आश्वासन सरकारले दिएको थियो, तर एकाएक त्यो आश्वासन विपरित तीन दल र सरकारले जबरजस्ती संसदमा पेश गरेका छन्’, उनले भने, दुवै विधेयक त्रुटीपूर्ण र अपूर्ण रहेका छन् । त्यसैले हामी मान्दैनौ । तीन दल र सरकारको रवैया यस्तै रहे वार्ताको कुनै औचित्य नहुने उनले बताए ।
मधेसी मोर्चाको ११ बुदे माग सम्बोधनका विषयमा सरकारले ठोस रुपमा रोड म्याप नल्याएसम्म वार्ताको औचित्य नरहेको उनले बताए ।
जारी मधेस आन्दोलनको स्वरुप फेरबेदल गर्ने विषयमा मोर्चाभित्र अहिले कुनै छलफल नभएको अध्यक्ष ठाकुरले बताए । ‘तालाचाबी सरकारकै हातमा छ, जुन दिन मधेसको माग सरकारले पुरा गर्छ, त्यही दिन आन्दोलन सकिन्छ’, उनले भने ।
पत्रकार सम्मेलनमा तमलोपाका केन्द्रिय सदस्य जनार्दन यादव, जिल्ल अध्यक्ष पुरुषोत्तम झा, सांसद रमेश पटेल र रमतुल्लाह खाँ लगायतका नेताहरु पनि उपस्थित थिए ।

###
0 comments
Write Down Your Responses