उपेन्द्र यादव भन्छन्–सेनासँग लड्न तयार छौं/बन्दुकको आडमा आन्दोलन दबाए परिणाम भयानक
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
उपेन्द्र यादव भन्छन्–सेनासँग लड्न तयार छौं
जनकपुरधाम : संयुक्तलोकतान्त्रिक मधेसी मोर्चाले बुधबार धनुषाको ढल्केबरमा विरोधसभा गरेकोको छ ।

राजमार्ग केन्द्रितआन्दोलन थप सशक्त बनाउने उद्देश्यले मोर्चाले पूर्व–पश्चिम राजमार्गमै सभाको आयोजना गरेको हो । सभामा सहभागीहुन गाउँगाउँबाट ढल्केबर पुगेका हजारौं सर्वसाधारणले बजार भरिभराउ भयो ।


सभालाई सम्बोधनगर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले राजनीतिक समस्याको समाधान बन्दुकको नोकमा गर्न खोजे परिणाम  भयानक हुनसक्ने बताएका छन् ।

सरकारले दोहोरो चरित्र देखाएको भन्दै यादवले एकातर्फ वार्ताको कुरा गर्ने र अर्कोतर्फ नयाँ सुरक्षानीति ल्याउने काम गरेर समस्यालाई अझ बल्झाउन खोजेको बताए ।

उनले राजनीतिक समस्याको समाधान दमननीतिले नभई राजनीतिक रुपमै गर्नुपर्ने बताएका छन् । सरकारले राजमार्गमा सुरक्षानीति ल्याएर मधेसीको नरसंहार गर्ने सोच राखेको भए मधेसी मोर्चा यसको लागि पनि तयार रहेको यादवले बताए ।

हिम्मत भए सेना परिचालन गर्न सरकारलाई चेतावनी दिँदै मधेसको जनता त्यस्तो सेनासँग् जुध्न पनि तयार रहेको बताएका छन् । साम्प्रदायिक सोचका कारण  सरकारले मधेस आन्दोलनलाई सम्बोधन गर्न नसकेको उनले बताएका छन् ।

पहिचान र अधिकारकै लागि पहाडमा आन्दोलन हुँदा विनावार्ता नै सबै माग पुरा गरेको सरकारले मधेसमा सोहीखालको माग उठ्दा दमनको नीति अपनाएर आफ्नो साम्प्रदायिक नीति स्पष्ट पारेको यादवको भनाइ थियो ।

नेपालमा भारतको नाकाबन्दी भन्दै प्रचारमा लागेको सरकारले जनतालाई अहिलेसम्म मुर्ख बनाइरहेको यादवले बताए ।

‘नाकाबन्दी भारतले गरेको भए अहिले काठमाडौंमा नेताहरुको गाडीसमेत ठप्प भइसकेको हुन्थ्यो’, यादवले भने, ‘यो मधेसी जनताले काठमाडौंलाई लक्षित गरि गरेको असहयोग आन्दोलन हो तर, सरकारले यसलाई भ्रामक प्रचारबाजी गरेको छ ।’

सभालाई सम्बोधनगर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राज्यसत्ताले सधैं आफूहरुलाई ठग्दै आएकोमा यसपटक नठगिने बताएका छन् ।

उनले उधारोमा होइन नगदमामात्रै यसपटक सम्झौता हुने बताए । सभामा बोल्दै तराई मधेस लोकतान्त्रिक पार्टीकाअध्यक्षमहन्थ ठाकुरले अहिलेको अवस्थामा नेपाललाई दुर्घटनाबाट जोगाउन सरकारले समयमै सोच्नु आवश्यक रहेको बताए ।

मधेसको समस्या देशभित्रै समाधान गर्नुको साटो छिमेकी देशहरु भारत र चीनलाई मित्र र शत्रुको रुपमा परिभाषित गर्ने कार्य भविष्यको लागि ठूलो खतरा रहेको ठाकुरको भनाइ  थियो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z