प्रतिपक्षी नेपाली कांग्रेस गुप्तबास बसे देशको मुहार फेरिन्छः प्रधानमन्त्री ओली
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आगामी तिहारबाट लोडसेडिङ अन्य हुने भनाई
काभ्रे, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महाअधिवेशनका लागि गुप्तबास बस्दै गर्दा यो सरकारले देशको मुहार फेर्ने बताउनु भएको छ ।
नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले एमाले काभ्रेको नवौँ जिल्ला अधिवेशन उद्घाटन गनुहुँदै कांग्रेस महाअधिवेशनमा हराउँदै गर्दा एमाले देशको समृद्धि र भूकम्पबाट थलिएकाहरुका लागि काम गरेर देखाउने बताउनुभयो । ‘जब देशले विकासको काँचुली फेर्ने छ, तब कांग्रेस छक्क पर्नेछ,’ उहाँले भन्नुभयो । कांग्रेसको स्वार्थका कारण पुनर्निर्माण प्राधिकरण ओझेलमा परेको आरोप उहाँले लगाउनुभयो । ‘काग्रेसको सत्ता मोह र व्यक्ति मोहका कारण पुनर्निर्माण प्राधिकरण ओझेलमा परेको छ ।’
प्रधानमन्त्री ओलीले संविधान समय अनुसार आवश्यकता अनुसार र माग अनुसार परिमार्जन गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले संविधानले कसैलाई धेरै अधिकार र कसैलाइ थोरै अधिकार नदिएको बताउनुभयो । उहाँले कांग्रेसका कारण विकास निर्माण र तराईका समस्या हल गर्न असहज भएको जिकिर गर्नुभयो ।
विकास निर्माण र लोडसेडिङ आगामी तिहारबाट अन्य हुने प्रधानमन्त्री ओलीले दावी गर्नुभयो । उहाँले सौर्य उर्जा, वायु उर्जाको विकासमा यही सरकारले काम गर्ने स्पष्ट पार्नुभयो । पूर्वपश्चिम राजमार्ग, छिमेकी देश चिनसंग जोडिएको अरनीको राजमार्ग र फस्ट ट्रयाक निर्माण एवं ट्रली बस सञ्चालनलाई यही सरकारले स्तरउन्नती गर्नेमा प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सरकार बाहिर रहेका दलहरुलाइ सरकारलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

###
0 comments
Write Down Your Responses