भारतीय प्रधानमन्त्री मोदीको निम्तोमा मोर्चाका नेताहरु आइतबार दिल्ली जाने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु भारत भ्रमणमा जाने भएका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्‍भावना पार्टीका अध्यक्ष रामेश्वर राय यादव आइतबार दिल्ली जाने भएका छन्। मोर्चा स्रोतका अनुसार उनीहरु आइतबार इन्डियन एयरलायन्सको बिहान ८:३० को फ्लाइटबाट दिल्ली प्रस्थान गर्नेछन्।

भारतको विपक्षी दलका नेताहरुले मधेस आन्दोलन र नाकाबन्दीलाई लिएर सत्तापक्षको विरोध गरेपछि प्रधानमन्त्री मोदीले मोर्चाका शीर्ष नेताहरुसँग छलफलका लागि निम्तो दिएको स्रोतको दाबी छ। मोर्चाका चारै नेताहरु विपक्षी दलका नेताहरुलाई आन्दोलनबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको स्रोतले बतायो।

मोर्चाका नेताहरुले भारतीय विदेशमन्त्री सुस्मा स्वराजलाई पनि भेट्ने कार्यक्रम रहको छ।

एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आजै दिल्ली गएका छन्। मधेसी मोर्चाका नेताहरुसँगको छलफलमा भट्टराई पनि सहभागी हुने स्रोतको दाबी छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z