नेपाललाई चिढ्याएकोमा आफ्नै मुलुकमा आलोचित हुँदैछन् मोदी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर १७ । नेपाललाई चिढ्याएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिन प्रतिदिन आफ्नै मुलुकमा आलोचित हुँदैछन् । नेपालको मामलामा पछिल्लो पटक मोदीको आलोचना गर्ने नेताको सूचीमा उत्तर प्रदेश राज्यका मन्त्री आजम खाँ रहेका छन् ।
उनले नेपालजस्तो मित्र राष्ट्रलाई पनि विश्वासको दायरामा राख्न नसकेकोमा मोदीको कडा आलोचना गरेका छन् ।
उनले भारतको विदेश नीतिको आलोचना गर्दै भने, ‘भारतको विदेश नीति यस्तो भइसकेको छ कि पाकिस्तानमात्र नभई नेपाल, श्रीलंका, चीन पनि दुश्मन बन्दै गइरहेका छन् ।’
बुधबार गोरखपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा करिब ५० मिनेट खर्चिएका उनले अधिंकाश समय मोदीको आलोचना गरे ।

Add caption
यसअघि बिहारका पूर्व मूख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवले पनि मोदीको आलोचना गरेका थिए । नेपालजस्तो निकट मित्रराष्ट्रलाई चिढ्याएकोमा लालुले मोदीको आलोचना गरेका थिए । (एजेन्सी)
###
0 comments
Write Down Your Responses