विमानको इन्जिनमा अड्किएर विमान प्राविधिकको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

पुस २ – विमानको इन्जिनमा फसेर एयर इन्डियाका एक कर्मचारीको ज्यानको छ । भारतको मुम्बइबाट हैदराबादका लागि उडान भर्ने तयारीमा रहेको एयर इन्डियाको जेट विमान एआइ ६१९ को इन्जिनमा फसेर विमानका प्राविधिक रवि सुब्रमण्यमको ज्यान गएको विमान कम्पनीले जनाएको छ । विमानका सह चालकले सिग्नललाई गलत बुझेका कारण यो दुर्घटना भएको एयर इन्डियाले जनाएको छ । पुशब्याक सिग्नललाई सहचालकले इन्जिन स्टार्ट गर्ने सिग्नल मानेर इन्जिन चालु गरेको एयर इन्डियाका अधिकारीले बताएका छन् ।
 सह चालकले इन्जिन स्टार्ट गर्दा प्राविधिक सुब्रमण्यम विमानको निजकै र विमानको इन्जिनले आफू तर्फ तानेपछि त्यसैमा फसेर उनको ज्यान गएको हो । इन्जिनमा फसेका कारण सुब्रमण्यमको शव क्षतविक्षत भएको छ । भारतको उड्डयन निर्देशनालय र एयर इन्डियाले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् । मुम्बइको क्षेत्रपति शिवाजी विमानस्थालमा यो दुर्घटना भएको हो ।
– एजेन्सीको सहयोगमा
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z