वीरगञ्जमा आन्दोलनकारीले जिउँदै जलाए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
वीरगञ्ज, ३ पुस । अराजकताको सीमा नाघ्दै वीरगञ्जमा मधेसी मोर्चाका कार्यकर्ताले फेरि एक जनालाई जिउँदै जलाउने प्रयास गरेका छन् ।
मोर्चाका कार्यकर्ताले शुक्रबार दिउँसो वीरगञ्जमा राजेन्द्र पासवानलाई ना १९ प १९६९ नम्बरको मोटरसाइकलसहित जिउँदै जलाएका हुन् । जिउँदै जलाइएका चालक पासवान गम्भीर घाइते भएका छन् ।
हात, खुट्टा र शरीरका विभिन्न भाग जलेका पासवानको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।
अहिले उक्त क्षेत्रमा संयौको संख्यामा प्रहरी परिचालन गरिएको छ । आन्दोलनकारी तितर वितर भएका छन् । मोर्चाका कार्यकर्ताले यसअघि पनि दुई जनालाई जिउँदै जलाएर गम्भीर घाइते बनाएका थिए ।
दैनिक नेपाल
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z