भूकम्पपीडितलाई दश हजार रुपैयाँ बाँड्न सुरु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
ललितपुर:  सरकारले भूकम्पपीडितलाई अनुदान स्वरुप  १० हजारका दरले आजदेखि बाँड्न सुरु गरेको छ ।

ललितपुर उपमहानगरपालिका २३ नं वडाबाट उक्त रकम दिन सुरु गरिएको हो । यसभन्दा पहिला असार मसान्तसम्म प्रथम चरणको १५ हजार रुपैयाँका दरले प्रत्येक भूकम्पपीडितलाई वितरण गरिसकिएको छ ।


जाडो महिना सुरु भएकाले पीडितलाई न्यानो कपडा किन्न उक्त रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी ऋषि शर्माले बताए ।

नगरभित्रका सबै ३० वटा वडामा पीडितलाई करिब १० दिनभित्र यो राहत रकम वितरण गरिसक्ने योजना छ ।

नगरक्षेत्रभित्र छ हजार ७६८ भूकम्पपीडित रहेको ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले बताए । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z