एमाले च्याप्प समातेर उखाल्न मिल्ने कमलो माटोको मुला होइन’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जनावरभन्दा फरक बन्न मधेसी दललाई आग्रह
गोरखा : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले च्याप्प समातेर उखाल्न मिल्ने कमलो माटोको मुला नभएको बताएका छन् ।
भूकम्पको केन्द्रविन्दू गोरखाका बिभिन्न गाविसहरुको बिहीबार अवलोकनपछि हरमटारीस्थित एमाले पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै ओलीले मुलाझैं एमालेलाई उखाल्न सपनामामात्र सकिने जिकिर गरेका हुन् ।
‘म नेकपा एमालेका साथीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईंहरु हीनताबोध नगर्नुस्’ उनले भने, ‘अहिले मधेसबाट एमालेलाई उखेल्ने हल्ला गर्दैछन् । एमाले कमलो माटोमा उम्रिएको मुला होइन । च्याप्प समात्दा फुत्त उखेलिने । सपनामा उखेले हुन्छ, बिपनामा गाह्रो छ ।’
उनले कांग्रेस, एमाओवादी र राप्रपा लगायतका पार्टी मिलाएर संविधान बनाउने पार्टी एमाले भएको दाबी गरे । तर कांग्रेसलाई अहिले कसैले बिच्क्याएको उनको भनाइ थियो ।
‘संविधान बनाएपछि कांग्रेसलाई कसले बिच्क्याएर कुबाटो देखाइदियो र अहिले सहमतिबाट पछि हट्यो’, उनले भने ‘हामी कांग्रेसलाई पनि सहमतिमा ल्याइछाड्छौं ।’
अहिले एमाले अघि बढेको बढ्यै गरेको अरु पार्टी हेरेको हेर्यै गरेको पनि बताए । ‘अहिले एमाले अगाडि बढेको बढ्यै छ । अरु पार्टी हेरेको हे¥यै छन्’, उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने ‘ एमालेजनले कुन्ति मोक्तानको ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर’ गीत कण्ठ बनाउन् ।’
उनले मधेसी दललाई जनावरभन्दा फरक हुन आग्रह गरेका छन् । ‘गोरुले त बोल्न जान्दैन, रिस उठ्यो भने भ्याट्ट हान्छ । मान्छेले त बोल्न जानेको छ नि’, उनले भने, ‘आफ्नै जानकी मन्दिर, आफैँ भत्काउने ? मान्छे र पशुमा त फरक हुनुपर्यो नि । जो कुराकानी हैन, तोडफोड गर्छन् । यो प्रवृतिलाई अन्त्य गनुृपर्छ ।’

###
0 comments
Write Down Your Responses