एमाले नेता यादवसहित सयौं कार्यकर्ता फोरम नेपालमा प्रवेश
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अध्यक्ष उपेन्द्र यादवले अबिर मालासहित गरे स्वागत
सिरहा, १४ माघ । मधेश आन्दोलनसँगै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेको लहर पछिल्लो समय मधेशमा तीब्र भएको छ ।
यसैक्रममा सिरहाको लहानमा बिहिबार एमालेका प्रभावशाली नेता सत्य नारायण यादवसहित विभिन्न पार्टीका १२ सय नेता तथा कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् । नवप्रवेशी नेता एवं कार्यकर्ताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर मालासहित स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीका लागि बधाई दिएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कोषाध्यक्ष विजय यादव, केन्द्रीय सदस्य राजलाल यादव र युवा नेता विष्णु साह लगायतको उपस्थिति थियो । लहानमा आयोजित विशाल सभामा एमालेका केन्द्रीय नेता सत्य नारायण यादवको नेतृत्वमा हजारौं कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरेको युवा नेता विष्णु साहले जनाएका छन् ।
पार्टी प्रवेशपछि सभालाई सम्बोधन गर्दै नवप्रवेशी नेता यादवले एमाले मधेश विरोधी, परिवर्तन विरोधी र नश्लवादी भएकोले पार्टी परित्याग गरी फोरम नेपाल प्रवेश गरेको बताए ।
चर्चित नेता सत्यनारायण यादव
चर्चित नेता सत्यनारायण यादव
नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार र पहिचानको प्राप्ति नभएसम्म मधेश आन्दोलन नरोकिने बताएका छन् । मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम र उत्पीडित समुदायलाई अधिकारबाट बञ्चित राख्न सरकार लागि परेको जिकिर गर्दै अध्यक्ष यादवले मधेशका सशक्त आन्दोलनका लागी तयार रहन आह्वान गरे ।
आन्दोलन रहर नभएको भन्दै सरकार र प्रमुख तीन वार्ता मार्फत् मुलुकलाई निकास दिन गम्भीर नरहेकोले आन्दोलनको विकल्प नरहेको यादवले जिकिर गरे । मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम लगायत सबै उत्पीडित र सीमान्तकृत जनतालाई अधिकार सम्पन्न नभएसम्म फोरम नेपालले संघर्ष जारी राख्ने अध्यक्ष यादवले उद्घोष गरे ।
यसअघि पुस १६ गते मात्रै सिरहाको लक्ष्मीपुरमा कांग्रेस, एमाले, एमाओवादी र राप्रपाका एक हजार बढी नेता कार्यकतार्हहरु सङ्घीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका थिए ।
स्मरणहोस्, अघिल्लो साता मात्रै पार्टी परित्यागको घोषणा गरेको भोलिपल्टै नेता सत्य नारायण यादवलाई सिरहामा प्रहरीले चिया खादै गर्दा बिनाकारण निर्मम ढंगले कुटपिट गरेको थियोे ।

###
0 comments
Write Down Your Responses