रातारात बालुवाटार पसेर भारतीय राजदूतले प्रधानमन्त्रीलाई सुनाए भारतको कडा सन्देश
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नाकाबन्दी खुल्ने र ओलीको भारत भ्रमण आज तय हुने
फाइल तस्वीर
काठमाडौं, ९ माघ । मधेसको मुद्दा सम्बोधन गर्नका लागि प्रमुख तीन दलले आज संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरेका छन् ।
आज हुने संशोधनपछि रक्सौल-बीरगञ्ज नाका खुल्ने कि नखुल्ने बारे निर्णय हुने छ । साथै आज नै संविधान संशोधनपछि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण बारे मिति तय हुने भएको छ ।
संसदमा दुई तिहाई बहुमतले यदी संविधान संशोधन विधेयक पारित भयो भने आउँदो सोमबारदेखि रक्लौल–बीरगञ्ज नाका खुल्ने छ । शनिवार संशोधनपछि आईतबार सबै प्रक्रिया मिलाउने र सोमबारदेखि नाका सुचारू हुने जनाईएको छ । भारतमा आईतवार हप्ता विदा भएकोले गर्दा सोमबारदेखि नाका सुचारू गर्ने तयारी गरिएको छ ।
शुक्रवार साँझ भारतीय राजदूत रञ्जीत रेले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर यस्तो संकेत दिएका छन् । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार भारतीय राजदूतले मधेशी मोर्चाको अधिकतम माग सम्बोधन हुने गरि परिमार्जनसहितको संविधान संशोधन मात्र भारतलाई मान्य हुने स्पष्ट पारेका थिए ।
राजदूत रेले परिमार्जनसहित संविधान संशोधन भए बीरगञ्ज–रक्सौल नाका तत्काल खोल्ने, आपूर्ति सहज गरिने र भारत भ्रमणको मिति पनि तत्काल तय गरिने आश्वासन दिएका थिए । भारतीय राजदूतले यसो भए मधेशी मोर्चालाई पनि आम हडताल र नाका अवरोध जस्ता कार्यक्रम फिर्ता लिन आफूले दबाब दिने बताएका थिए ।

###
0 comments
Write Down Your Responses