रंगेलीमा ३ जना मारिएपछि प्रधानमन्त्री ओलीलाई ओबामा सरकारको ‘कडा चेतावनी’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एकपक्षीय रुपमा अत्याधिक बल प्रयोग नगर्न आग्रह


काठमाडौं, ९ माघ । विहीबार मोरङको रंगेलीमा तीन जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाप्रति संयुक्त राज्य अमेरिकाले चाँसो व्यक्त गरेको छ ।
शनिबार विहान अमेरिकी राष्ट्रपति बराक ओबामा सरकारकातर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गर्दै अमेरिकी उपराज्यमन्त्री एन्टोनी जे ब्लिंकेनले नेपालमा जारी राजनीतिक संकटबारे चासो व्यक्त गरेका हुन् ।
उपराज्यमन्त्री ब्लिंकेनले प्रधानमन्त्री ओलीलाई सबै नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी समस्या समाधान गर्ने दिशातर्फ ठोस कदम चाल्न अनुरोध गरेको अमेरिकी विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
अगाडि भनिएको छ- ‘हामी सबै पक्ष मिलेर सम्झौताको माध्यमबाट राजनीतिक समस्या सुल्झाउन र एकपक्षीय कदम नचाल्न नेपाललाई सुझाव दिन चाहन्छौं ।’
फोनवार्तामा उपराज्यमन्त्री ब्लिंकेनले तराई मधेसको आन्दोलनलाई नियन्त्रण गर्ने प्रयासमा अत्याधिक बल प्रयोग नगर्न ओलीलाई सचेत गराए । स्मरण रहोस् अमेरिका मानवअधिकारको वकालत गर्ने प्रमुख देश हो । मानवअधिकारवादीको रिपोर्टपछि उसले यस्तो सन्देश ओलीलाई सुनाएको बताइएको छ ।
यसैगरी अमेरिका नेपालसँग सहकार्य गरी भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको र अमेरिका सधै नेपालको पक्षमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
रंगेलीको घटना छानविन गर्न स्थानीय प्रशासनले एमाओवादी सभासद शिवकुमार मण्डलको संयोजकत्वमा समिति समेत गठन गरिसकेको छ । मोर्चाका नेताहरुले पनि छानविन र कारवाहीको माग गरेका छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z