पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाल आयल निगमले करिब साढे ४ महिनापछि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।
आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलमा ५ रूपैयाँ पैसा, डिजलमा ६ रूपैयाँ, मटीतेलमा ६ रूपैयाँ मूल्य घटेको छ।
सोमबार साँझ बसेको निगमको बैठकले मूल्य घटाएसँगै पेट्रोल अब प्रतिलिटर ९९ रूपैयाँमा पाइन्छ भने डिजेल र मट्टितेल ७५ रुपैयाँमा बजारमा उपलब्ध हुनेछ।
यसअघि निगमले भदौ १५ गते पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३५ रुपैयाँले घटाएको थियो। आज बसेको बैठकले खाना पकाउने ग्यासुमा भने कुनै परिवर्तन गरेन।
साउन १७ गते पनि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको थियो। निगमले २०७१ भदौ १३ गतेदेखि स्वचालित प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटबढ गर्दै आएको हो।
तर नेपालमा भूकम्प र अहिले पछिल्लो ४ महिना भारतीय नाकाबन्दीको कारण देखाउँदै तेलको मूल्य समायोजन गर्न सकेको थिएन। विश्व बजारमा निरन्तर कच्चा तेलको मूल्यमा गिरावट आएपनि नेपाल आयल निगमले इन्धन आपूर्तिमा कमी आएको भन्दै तेलको मूल्य घटाएको थिएन।
नयाँ मूल्य सोमबार राति १२ बजेबाट लागू हुनेछ।

###

0 comments
Write Down Your Responses