विश्वका १% मान्छेसँग बाँकी ९९% प्रतिशतसँग जति सम्पत्ति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडाैं—विश्वका १ प्रतिशत धनीहरुको सम्पत्ति बाँकी ९९ प्रतिशत गरिबहरुको सम्पत्ति बराबर भएको एउटा अनुसन्धानले देखाएको छ। गरिबी उन्मुलनका लागि काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्स्फामले क्रेडिट स्वीसकाे एक अनुसन्धान रिपाेर्ट तथ्यांकका आधारमा यस्तो दाबी गरिएको हो।

रिपोर्टअनुसार विश्वका ६२ जना धनीहरुसँग विश्वको आधा सबैभन्दा गरिब व्यक्तिहरुसँग जति सम्पत्ति छ। 'ग्लोबल वेल्थ डेटाबुक' शीर्षकमा सार्वजनिक गरिएको रिसर्चअनुसार सन् २०१० मा ३८८ जनासँग विश्वको आधार गरिब जनसंख्यासँग जति सम्पत्ति रहेको थियो।

विश्वमा धनीहरुको अझ धनी हुँदै गएको अवस्थाप्रति अपसोच जनाउँदै रिपोर्टमा भनिएको छ, 'अर्थव्यवस्था भावी पिढीँ तथा पूरा धर्तीका लागि हुनुपर्ने थियो त्यो केवल एक प्रतिशत मान्छेको पकडमा गएको छ।'

क्रेडिट स्वीस कैयौं वर्षदेखि यो कुराको अनुसन्धान गरिरहेको छ। सन् २००० देखि २००९ सम्म सम्पत्तिमाथि थोरै व्यक्तिको नियन्त्रण केही कमजोर भएको थियो। तर त्यसयता भने फेरि थोरै व्यक्तिहरुले दुनियाँको सम्पत्तिमाथि नियन्त्रण बढाउँदै लगेको रिपोर्टमा उल्लेख छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z