'प्रधानमन्त्री पहिला भारत नजाँदैमा आकाश खस्दैन'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको भारतले भ्रमणको प्रक्रिया अलमल भए उनी चीन जानुपर्ने राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। 'संविधान घोषणापछि भारतीय नाकाबन्दी र नेपालको आर्थिक विकास' कार्यक्रमा बोल्दै पूर्व राजदूत एवं राजनीतिक नेताहरुले प्रधानमन्त्री पहिला भारत नजाँदैमा आकास नखस्ने टिप्पणी गरे।

'प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बन्दैन भने चीन भ्रमणको वातावरण तयार गर्नेतर्फ सरकार लाग्नुपर्छ', एमाले नेता रघुजी पन्तले भने, 'प्रधानमन्त्रीले चीनको भ्रमण पहिले गर्ने परम्परा बसाल्दैमा आकासै खस्दैन।'

उनले नेपालमा भारतविरोधी भावना बढ्नुमा कारण भारत आफैँ मुख्य जिम्मेवार भएको उल्लेख गरे। भारतीय राजदूतले पछिल्लो समयमा नेपालमा बढेको भारतविरोधी भावनाले दुवै देशलाई फाइदा नपुग्ने बताउँदै आएका छन्। नाकाबन्दी गरेर छिमेकी मुलुकका नागरिकलाई अनाहकमा दु:ख दिने कार्यले कसैको पनि छवि नसुध्रिने उनको भनाइ थियो।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आयोजना गरेको अन्तरक्रियामा चीन र भारत दुबै मुलुकसँगको सबै नाका खोलेर व्यापार सम्बन्ध बढाउनुपर्ने तथा नेपालले स्वावलम्बी अर्थतन्त्र निर्माण गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए। नेपालमा हजारौँ वर्षदेखि बसोबास गर्दै आएका नेपाली नागरिकले नागरिकता नपाउने स्थिति अन्त्य हुनुपर्ने तर एकजना विदेशी पनि नेपाल घुस्ने अवस्था सिर्जना हुन नहुनेमा जोड दिए।

उपप्रधानमन्त्री तथा महिला बालबालिकामन्त्री चन्द्रप्रकाश मैनालीले हालै जारी भएको नयाँ संविधान अहिलेसम्मकै प्रगतिशील संविधान भएको भएपनि संविधानमा थप्नुपर्ने तथा घटाउनुपर्ने प्रशस्त बुँदा भएकाले संविधान संशोधनमार्फत त्यस्ता कुराको टुङ्गो लगाउनुपर्ने उल्लेख गरे।

रुसका लागि पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालको आर्थिक विकासका लागि चीनसँग पनि दीर्घकालीन वित्तीय सम्झौता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै भारतले नाकाबन्दी गरेपछि मात्र चीनलाई गुहार्ने पुरानो मनोवृत्ति सरकारमा बस्नेले त्याग्नुपर्ने बताए।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z