पश्चिमी वायुको प्रभावले नेपालको मौसम खराब
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल तस्बिर
काठमाडौँ : उच्च वायुमण्डलमा न्यून चापीय रेखा विकास भएका कारण नेपालको मौसममा खराबी आएको छ।

न्यून चापीय रेखाको विकाससँगै पश्चिमी वायुको प्रभावले नेपालको पश्चिमी भू–भाग हुँदै सबैतिर फैलिएका कारण मौसम बदलीको साथै देशभर वर्षासमेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


पश्चिमी वायु नेपालको मध्यभेगबाट विस्तारै पूर्वतर्फ प्रवेश गरेका कारण बदलीसँगै देशभर समान्य वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले राससलाई जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी जुम्लामा १५ मिलिमिटर र सबैभन्दा कम काठमाडौँमा ०.४ मिलिमिटर तथा अन्य केही भेगमा फाटफुट वर्षा भएको छ । मौसम बदलीसँगै मङ्गलबार राति काठमाडौँसहित देशभर फाटफुट वर्षा भएको थियो ।

“पश्चिमी भेगमा पूर्ण बादलले ढाकेको छ, मध्य र पूर्वमा बदली मात्र छ । पश्चिम र मध्यमा साँझ पनि वर्षा हुने सम्भावना छ । यो प्रणाली बिहीबार दिउँसोदेखि पश्चिम भेगबाट क्रमशः सफा हुँदै मध्यतिर जाने र शुक्रबार साँझबाट मात्र सफा हुन्छ,”–मौसमविद् अर्यालले भने।

वर्षासँगै उच्च हिमाली भेगमा हिमपात भएको छ, आजराति पनि हिमपात हुने महाशाखाले जनाएको छ ।

मौसम बदली भई आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम घटेर १३ डिग्रिसेल्सियस र न्यूनतम तापक्रम ७ डिग्रिसेल्सियस रहेको भए पनि काठमाडौँ उपत्यकासहित देशभर चिसो महसुस गरिएको छ । रासस 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z