रंगेलीमा सशस्त्रको भवनका गारो ढालियो, मोटरसाइकल तोडफोड (भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
रंगेली (मोरङ)-रंगेलीमा बिहीबार प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएको घटनाले स्थानीय मधेसी मोर्चाका कार्यकर्ता निकै अाक्रोशित छन्। शुक्रबार बिहानैदेखि रंगोलीमा तनाव र प्रदर्शन कायमै छ। मोर्चा कार्यकर्ताले दुईवटा मोटरसाइकल तोडफोड गरेका छन्। मोटरसाइकल रोकेर इटा र ढुंगा हानेर फुटाइएको छ। अाक्रोशित भिडले रंगेलीस्थिति चोक्राहामा रहेको सशस्त्र प्रहरी वेस क्याम्पमा समेत तोडफोड गरेको छ।


उनीहरूले सशस्त्रको निर्माणाधिन भवनको गारो भत्काएका छन्। भवनका झ्यालका शिसा फुटाएका छन्।

भवन तोडफोडका क्रममा मोर्चा कार्यकर्ताले निर्माणका लागि राखिएका सयभन्दा बढी सिमेन्टका बोरा फुटाएर क्षति पुर्याए।

बिहीबार एमालेको भातृ संगठन युवा संघ नेपालले रंगेलीमा अायोजना गरेको अामसभामा मोर्चा कार्यकर्ताले अावरोध पुर्याएपछि भएको झडपमा प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएको थियो।

bike 1

घटना पछि बिग्रिएको जिल्लाको राजनीतिक वातावरण, त्यसले जनजीवनमा पारेको प्रभाव र सुरक्षा व्यवस्थाबारे छलफल र समन्वय गर्न मोरङका प्रमुख जिल्ला अधिकारी तयम रायाले सर्वदलीय राजनीतिक संयन्त्रको बैठक अायोजना गरेका थिए। जिल्ला प्रशासनमा भएको बैठकमा रंगेली घटनामा मधेसी मोर्चा र नेकपा एमाले दुबैको हठका कारण रंगेलीमा तीनजनाले ज्यान गुमाउनु परेको समीक्षा भएको छ। बैठकले रंगेली घटनाको अध्ययनका लागि एकीकृत नेकपा माओवादीका सांसद शिवकुमार मण्डलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ।

रंगेलीमा मोर्चाका कार्यकर्ताले शुक्रबार बिहानैदेखि ठाउँठाउँमा प्रदर्शन गरेका छन्। बजारका चोक र सडकमा सुरक्षाकर्मी परिचालन बाक्लो पारिएको छ।

भिडियोः
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z